गुरुपूर्णिमाको दिन गीतको रेकर्ड गर्दै फिल्मको औपचारिक निर्माण सुरु भएको घोषणा गरिएको रेखा थापाको अर्को कोशेली ‘उपहार’ मा मुख्य भुमीकामा पूजा र रेखा देखिदैछन । सिनेमा रेखा र पूजाका अलावा अर्की एक अभिनेत्रीको समेत प्रमुख भूमिका रहने बुझिएको छ। फिल्मलाई चर्चित निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन । भर्खरै ब्लक्बस्टर फिल्म झिङ्गे दाउ निर्देशन गरेका निर्देशक देउजाले पहिलोपटक रेखा र पूजालाई एकसाथ पर्दामा ल्याउदैछन । डेढ करोड रुपैयाँ बजेट बताइएको ‘उपहार’भदौ पहिलो सातादेखि छायांकन सुरु हुने जनाइएको फिल्मको पटकथा अभिमन्यू निरवीले लेखेका हुन् । मंगलबार चलचित्र विकास बोर्डमा उक्त शीर्षकमा फिल्म दर्ता गर्दै रेखा फिल्म्सले फिल्मबारे औपचारिक जानकारी गराएको हो । ‘उपहार’ रेखा फिल्म्स र कपनगढी ब्यानरमा फिल्म निर्माण हुन लागेको निर्मात्री तथा मुख्य कलाकार रेखा थापाले जानकारी दिएकी छिन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।