धरान उपमहानगरपालिका वडा नमब्र १७ का वडाध्यक्ष सुर्यबहादुर भटराई (मनोज) ले आफुले पाउदै आएको सेवा सुबिधा भत्ता सबै नगर कोषलाई दिने दिने भएका छन । ट्टराईले आइतबार बसेको कार्यपालिका बैठकमा उक्त घोषणा गरेका हुन् । उनले आफ्नो सेवा सुविधा नगरको कोषमा जम्मा गरिदिनु भन्दै निवेदन नै प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका थिए । उनले नगरको आर्थिक अवस्था र बजेटको अवस्था हेरेर वडाअध्यक्षको हैसियतले आउने सबै सेवा सुविधा नगरको आम्दानी कोषमा जम्मा गरिदिन आग्रह गरेका थिए । भट्टराई उपमहानगरपालिकाका प्रवक्त्ता ,नेकपा माओवादी केन्द्रको धरान नगर अध्यक्ष र वडा नम्बर १७ मा नेकपा माओवादी केन्द्रको तर्फबाट दोस्रो कार्यकलको लागी वडाध्यक्षमा निर्वाचित भएका हुन ।