धरान उपमहानगरपालिकाको बजेट १ अर्व ७१ करोड रुपैया पारित भएकोछ । आईतवार धरानको १३ औ नगरसभामा प्रस्तुत गरिएको बजेटमा सबै भन्दा कम पर्य्टनलाई १० लाख छुट्याइएकोछ । ७ विषयलाई प्रमुख प्राथमिकतामा राखी विनियोजन गरिएको बजेटमा ‘खानेपानी’ लाई प्राथमिकतामा राखिएको छ । बजेटको प्राथमिकताका आधारमा क्रमशः पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई बजेट विनियोजन गरिएको छ । खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ४२ करोड ७२ लाख ६ हजार, संघीय सरकार अनुदानबाट ९० करोड २ लाख, प्रदेश सरकार अनुदानबाट ४ करोड १ लाख ९२ हजार, संघीय राजश्व बाँडफाँडबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ ।
बजेटमा मेयर कोषको लागि १ करोड ५० लाख र उपमेयर कोषको लागि ७५ लाख विनियोजन गरिएको छ ।वडागत बजेटतर्फ २० वटै वडाको प्रशासनिक, कार्यक्रम तथा पूँजीगत तर्फ आन्तरिक स्रोतबाट कुल २१ करोड विनियोजन गरिएको छ । शहरी योजना तथा भौतिक पुर्वाधार विकासतर्फ सशर्त अनुदानतर्फ ७ करोड ४ लाखसमेत कुल ४३ करोड ५१ लाख १५ हजार विनियोजन गरिएको छ । शिक्षा, युवा तथा खेलकुदतर्फ कुल ४७ करोड १३ लाख विनियोजना गरिएको छ । त्यसमध्ये सशर्त अनुदान ४५ करोड ७३ लाख रहेको छ ।