धरान संगीत धरानले प्रतिष्ठानले अगामी असार ८ गते शुक्रबार सांगीतिक कार्यक्रम र सम्मान कार्यक्रम गर्ने भएकोछ । विश्व संगीत दिवसको अवसरमा अंग्रेजी वर्ष २०२३ तथा नेपाली वर्ष २०८० को अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मलेन गरी जानकारी दिइएको छ । कार्यक्रम असार ८ गते शुक्रबारका दिन धरान १५ स्थीत चुम्लुङ्ग हिमको भवनमा समय दिनको ४ बजे बाट शुरु हुने अध्यक्ष रमेश राईले जानकारी दिए । कार्यक्रममा विभिन्न कलाकारहरुको सांगीतिक लाईभ प्रस्तुती रहनेछ भने कलाकार सम्मान अन्तर्गत वरिष्ठ गायिका लोचन भट्टराई साथै वरिष्ठ गीतकार श्याम तमोट ज्यू लाई सम्मान गरिने कार्यक्रम रहेको जानकारी गराउंदछौं, साथै प्रतिष्ठानले विधिवतरुपमा धरान उपमहानगरपालिका प्रमुख ज्यूलाई प्रतिष्ठानको संरक्षकको भुमीकामा रहेको घोषणा समेत गरिने कार्यक्रम रहेको राईले जानकारी गराए ।
वि. स. २०७० सालमा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको अभिभावकत्वमा संगीत, नाट्य र कला प्रर्वद्धन अभियान मुल नाराका साथ धरान संगीत प्रतिष्ठान स्थापना भएको प्रतिस्ठान धरान भित्रका कलाकारहरुलाई एउटै छाना मुनी समेट्ने कार्य गरी रहेको साथै संगीत विद्यालय संचालन गरी सयौ विद्यार्थीहरुलाई संगीतको शिक्षा दिई कलाकार उत्पादन गरि रहेको राईले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतिष्ठानले स्थापनाकाल देखि विभिन्न सांगीतिक कार्यहरु गरी आएकोमा विश्व संगीत दिवस पनि एक विशेष वार्षिक कार्यक्रमको रुपमा रहेकोमा बिगतका दिनहरुमा धरानको मुख्य चौकमा हुने गरे पनि यस बर्ष भने स्थान परिवर्तन गरिएको आयोजकले जनाएकोछ । यस बर्ष कार्यक्रम संगै डिनरको पनि व्यबस्था रहेको आयोजकले जनाएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।