धरानलाई पानी खुवाउने अभियान शुरु गरेका धरानका मेयर हर्क साम्पाङको अभियानलाई सफल बनाउन आयोजना गरिएको “कोकाहा साँगीतिक साँझ ” २०७९ मा सहयोग गर्ने ब्रुइगेस कन्स्ट्रक्सन कम्पनी हङकङमा कार्यरत १०७ जना नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई सम्मान पत्र बितरण गरिएकोछ । “कोकाहा साँगीतिक साँझ – २०७९” कि संयोजक गीतकार तथा समाजसेवी मिना सिङगक पुगेर उनिहरुलाई सम्मानपत्र प्रदान गरेकीहुन । सहयोगी मनहरुलाई हङ्कङ पुगेर सम्मान पत्र प्रदान गर्न पाउदा आफुलाई धेरै खुशी लागेको बताएकीछिन । हङकङ लाई कर्मथलो बनाएका धरानका रमेश सिंगक ,मङ्धुम्बो दिनेश नाम्स राई र दमकका यम नाल्बो लिम्बु को पहलमा Bouygues Construction Company मा कार्यरत १०७ जना नेपाली दाजुभाइ दिदीबहिनीहरुले १०,८५००० रुपैया सहयोग गरेको संयोजक मिना सिङगकले जानकारी दिइन । उक्त्त कार्यक्रममा मेयर साम्पाङले पठाएको भोइस मेसेज उपस्थितीहरुको माझ सुनाइएको थियो । सम्मान पत्र बितरणको कार्यक्रम संचालन कलाकार मौसम लिम्बु (फुलन्देको बाउ) ले गरेका थिए ।
गत चैत्र २५ गते शनिवार धरान १२ स्थित पब्लिक हाइस्कुल को खेल मैदानमा भएको च्यारिटी कन्सर्टमा धराने जनताहरुको बाक्लो उपस्थिती रहेको थियो । साम्पाङ मेयर भए देखी धरानको खानेपानीको लागी अभियान मार्फत धेरै सहयोगहरु जुटिसकेकोछ । उक्त्त कार्यक्रम मार्फत उठेको रकम मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरिसकेकोछ । कार्यक्रम पस्चात सहयोगीहरुलाई मेयर साम्पाङको उपस्थितीमा धन्यवाद कार्यक्रम राखी सम्मानपत्र बितरण गरिसकिएकोछ ।साम्पाङको अभियान लाई थप सहयोग पुगोस भनि “कोकाहा साँगीतिक साँझ “आयोजना गरिएको र देश तथा बिदेशबाट धेरै भन्दा धेरै सहयोग प्राप्त भएको सिङ्गकले जानकारी दिएकिछिन । सिल्भर इन्टरटेन्मेन्ट आयोजक रहेको थियो ।
कार्यक्रम लाई सफल बनाउन आफ्नो सहयोग र सहभागिता जनाउन धेरै भन्दा धेरै सहयोगी र शुभेच्छुक हरुको फोन सम्पर्क र सहयोगको लिस्ट हरु हामी माझ अझै रहेको , यो अभियानमा सहयोग गर्नुहुने सहयोगी महानुभावहरुको सहयोगको कदर गर्दै हजुर हरुको नाम र सहयोग रकम सार्वजनिक गरिसकिएको छ ।कन्सर्टमा उपस्थित रहेका चर्चित गायक, गायिकाहरुले निःशुल्क रुपमा आफ्नो प्रस्तुती दिएका थिए । प्रस्तुती दिनेहरुमा गायक दिप श्रेष्ठ , राजेश पायल राई , एकदेव लिम्बु , प्रबिशा अधिकारी ,दिपक लिम्बु ,एपी शेर्पा ,डिल्ली फोम्बो एण्ड ब्याण्ड, द वाकिङ क्लाउड ब्याण्ड, रोहित मास्के र धरानका मेयर हर्क साम्पाङ र वडा नम्बर २ का वडाध्यक्ष रमेश राइले पनि प्रस्तुती दिएका थिए ।