भर्खरै ५१ औ दिन सम्म सफलताका साथ प्रदर्शनमा आएको सुपर हिट नेपाली चलचित्र ‘जारी’ का मुख्य कलाकार प्रेम सुब्बालाई पत्नी शोक परेकोछ । प्रेम सुब्बाले अभिनय गरेको ‘जारी’ मा पनि पत्निशोकनै भोगेका सुब्बाको पत्नी सरिता सुब्बाको आज दिउसो लगभग १२ बजेकाे समयमा आफ्नै निवास धरान १५ मा ५८ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएकोछ । सुब्बा ‘जारी’ प्रदर्शनकै क्रममा हङ्कङमा रहेका थिए भने हिजो मात्र काठमण्डौ फर्किएका छन । पहिले देखी कलेजो रोगको समस्या झेलिरहेकी सरितालाई केही दिन अघी देखी झाडापखाला चलेको र प्रेसर पनि डाउन भएको कारण आरम गरेकै ठाउमा प्राण गरेको पारिवारिक स्रोतले जनाएकोछ । उहाको दुई छोरा र एक छोरी छन । छोरी हाल युकेमा रहेकी छिन् । सुब्बाले भारतको दार्जिलिङबाट विवाह गरेका थिए । प्रेम सुब्बाले देउमाइको किनार , नुमाफुङ देखी पछीलो समयको ‘जारी’ र ज्याकी आइ एम 21 मा मुख्य भूमिकामा निर्वाह गरेकाछन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।