शनिबार देखी आएको अविरल बर्षाका कारण आएको बढी पहिरोमा परे कोशी प्रदेशमा ७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन । यसैक्रममा ६ जना घाइतेको उद्धार भएको छ । खोलाले बगाएर भोजपुर र सङ्खुवासभामा १/१ जना पुरुषको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा ५ जना रहेका छन् । जसमा पाँचथरमा १ पुरुष र १ बालिका तथा ताप्लेजुङमा ३ जना पुरुष पहिरोमा पुरिएर मृत्यु भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएकोछ । हाल सम्म पहिरोमा पुरिएर बेपत्ता हुनेहरु पाँचथरमा ४, ताप्लेजुङमा ३ जना , खोलाले बगाएर बेपत्ता हुनेको सङ्ख्या २१ जना पुगेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।