Saturday, March 14, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

शिक्षा ज्योतीलाई १२ बर्षदेखी क्यानको निरन्तर छात्रावृति

हंगामा खबर by हंगामा खबर
२०८० असार १ गते १८:२० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
शिक्षा ज्योतीलाई १२ बर्षदेखी क्यानको निरन्तर छात्रावृति
51
SHARES
Share on FacebookShare on Twitter

धरान ४ स्थित शिक्षा ज्योती आधारभुत बिधालयलाई क्यान एजुकेशन फाउण्डेशन क्यानाडाले बिगत १२ बर्षदेखी निरन्तर रुपमा छात्रावृति प्रदान गर्दै आएकोछ । सन २०११ देखी हाल सम्म बिधालयका २६ जना छात्र तथा छात्राहरुलाई छात्रावृति प्रदान गर्दै आएको शिक्षा ज्योती प्रोजेक्ट कोर्डिनेटर रमेश राईले जानकारी दिए । उनका अनुसार २६ जना बिधार्थीहरुलाई बिधालय पोशाक, जुत्ता, झोला,भर्ना शुल्क,पुस्तक , आबश्यक कापी कलम, पढाईमा कमजोर बिधार्थीहरुलाई ट्युशन शुल्क र कक्षा ११ र १२ का बिधार्थीहरुलाई सामुदायिक बिधालयको मासिक शुल्क समेत उपलब्ध गराउदै आएको छ ।

ADVERTISEMENT

यस बिधालयबाट कक्षा ५ पास गरेर गएका बिद्यार्थीहरु लाई , माद्यामिक तथा कक्षा १२ सम्मका बिद्यार्थीहरुलाइ निरन्तर सहयोग गरिरहेको , हाल सम्म छात्रावृति पाएका दुईजना ले ब्याचलर पास गरिसकेको बिधालयकी प्र अ मेनुका सापकोटाले जानकारी दिइन । उनका अनुसार +२ पास गरेपछी उनिहरुको सट्टामा नयाँ बिद्यार्थीलाइ सहयोग गर्ने गरिदै आएकोछ । यस बिधालयका बिद्यार्थीहरु अहिले सम्म अन्य वडाका बिधालय हरु निकेतन , भानुस्मृती, शिक्षा सदन र दन्तकाली माविमा अध्यनरत छन भने +२ का लागी पब्लिक हाइस्कुलमा अध्यनरत प्र अ सापकोटाले जानकारी दिइन ।

शैक्षिक शहर भनेर चिनिने धरानको मुख्य चौक देखी लगभग ४ किलिमिटरको दुरिमा धरान -४ बसन्तटारमा रहेको यस बिधालय अन्य वडाहरुभन्दा केही दुर्गम क्षेत्रमा पर्छ । अर्गानिक कृषि गाउ भनेर चिनिने यस गाउमा रहेको एक मात्र यस बिधालयमा क्यानको सहयोग सुरु भएपछी बिधार्थीहरुको ड्रप आउटमा कमी आएको प्र अ सापकोटाको दावी छ । प्र अ सापकोटाको अनुसार क्यानकै सहयोगमा बालबिकास केन्द्रमा खेलकुद तथा शैक्षिक सामग्रीहरु खरिद गरिएकोछ । क्यानले खेलकुद सामग्री संगै पुस्तकालयमा बालबालिकाहरुको लागी चित्रकथा पुस्तक र एकथान कम्प्युटर उपलब्ध गराएकोछ । बिधालयमा खेलकुद सामग्रीहरु र पुस्तकालय सुरु भए संगै बिधार्थीहरु दैनिक बिधालय आउने र समयमै बिधालय आउन थालेको प्र अ सापकोटाको भनाइ छ । हाल बिधालयमा बालबिकास केन्द्रका नानीहरु सहित ११२ जना बिधार्थीहरु रहेको र यि मध्ये क्यानको सहयोग पाउने बिधार्थीहरु अधिकांश अनाथ , एकल आमा बुवा, निम्न आय भएका र दलित परिवारहरुबाट रहेको संयोजक राईले जानकारी दिए ।

२०५२ पौष २७ गते अनौपचारिक शिक्षा प्रदान गर्ने हेतुले, स्कुलको पहुच भन्दा बाहिर रहेका बालबालिका लाई शिक्षा दिन बिना राई लगायत स्काउटहरुको टोलीद्वारा सुरु गरिएको कक्षालाई तत्कालीन पाचकन्या गाविस बाट वडा नम्बर ८ लाई औपचारिक शिक्षण गर्ने उद्देश्यले बिधालय को रुपमा २०५३ मा दर्ता भै २०५४ बाट औपचारिक पढाई सुरु भएको बिधालय संस्थापक अध्यक्ष जबरध्वज राईले जानकारी दिए । बिधालयको अनुमती पाएपछी एकजना शिक्षक राहत दरवन्दी र स्थानिय निकायको सहयोगमा एकजना गरी जम्मा दुईजना शिक्षक शिक्षिकाद्वारा पठनपाठन भएको बिधालयमा हाल एक जनाको दरवन्दी , दुईओटा राहत , दुईजना बालबिकास सहयोगी कार्यकर्ता र एक जना सहकर्मी गरी जम्मा ५ जनाले बिधालय संचालन गरिरहेको प्र अ सापकोटाले जानकारी दिइन । उनका अनुसार २०६५ सालबाट महिला शिक्षिकाहरुद्वारा संचालन भैरहेकोछ ।

नगरबाट पनि आबश्यक सहयोग पाइरहेको प्र अ को भनाइ छ । बिधालयमा हाल सबै बिधार्थीहरुको लागी बिधालयमै खाजा पकाएर खुवाइने गरिएको छ । धरान वडा नम्बर ४ कै अन्य बिधालयहरु भन्दा धेरै बिधार्थी संख्या भएको यस बिधालयमा अन्य बिधालयमा जस्तो अङग्रेजी माध्यममा पढाई नभएपनी यस बिधालयबाट कक्षा ५ पास गरेर अन्य बिधालयमा जाने बिधार्थीहरुले राम्रो स्थान लिएर पास गरिरहेको प्र अ को दावी छ । प्र अ सहित ५ जना शिक्षिका रहेको यस बिधालयमा बालबिकास केन्द्र सहित ६ वटा कक्षा कोठा रहेको छ । ६ वटा कक्षाका लागी ५ जना शिक्षिका पर्याप्त नहुँदा पठन पाठनमा निकै असहज भएको प्र अ को भनाइ छ । हाल एकजना थप शिक्षक भए बिधार्थीहरुलाई पठन पाठनमा निकै सहज हुने र अझ बढी गुणस्तरीय शिक्षा दिन सकिने प्र अ सापकोटाको अपेक्षा छ ।

Previous Post

कोशी प्रदेशमा चलचित्र बिकासको लागी बजेट शुन्य ?

Next Post

धरानमा याक्थुङ चलचित्रकर्मीहरुलाई अभिनन्दन,सम्मान र मानपदवी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

by हंगामा खबर
२०८२ फाल्गुन २९ गते १९:०९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक,  पारिवारीक कलह मुख्य विषय

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक, पारिवारीक कलह मुख्य विषय

by हंगामा खबर
२०८२ फाल्गुन २५ गते १७:५५ बजे प्रकाशित
0

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

by हंगामा खबर
२०८२ फाल्गुन २४ गते १७:१० बजे प्रकाशित
0

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist