गत फागुन २३ गतेबाट सुरुभएको कोकाहा धरान खानेपानी आयोजना १०० दिन पछी पानी धरान आइपुगेकोछ । केहीदिनदेखी धरानमा खानेपानिको चरम अभाव भएपछी सम्पन्न हुनलागेको कोकाह खानेपानी आयोजना अन्तर्गत पानी जसरीपनी लिएर छाडने प्रातिवद्दत्ता लिएर हिंडेका मेयर साम्पाङको टोलिले सोमबार राती १२ :३० मा साबुन उधोग स्थल धरान – २० पकुवा खोला छेउमा पानी झारेको हो । धरान २० मा पर्ने कोकाह खोला देखी धरान सम्म दुरी ४५ किलोमिटर हो । फागुन २३ गते बाट धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) को नेतृत्व सुरुभएको कोकाह खोला धरान खानेपानी अभियान जन श्रमदान र देश बिदेशबाट आएको आर्थिक सहयोग बाट सम्पन्न भएको हो । यहाँ जम्मा पाइप लगभग ७ हजार ५ सय थान लागेको थियो ।
४५ किलोमिटरको दुरिमा जम्मा भौगोलिक बिकटता र अनेक बाधा बिरोधका बिच पनि जनता र देश बिदेशका नेपालीहरुको साथका कारण पानी ल्याउन सफल हुँदा मेयर साम्पाङ खुशीले रोएका थिए । पानी आएको स्थलमा उपमेयर अईन्द्र बिक्रम बेघा पनि पुगेका थिए । उनले धेरै जनाले पानी नआउने ठोकुवा गरेपनी हामी सबैको मेहनतले पानी ल्याउन सफल भएको बह्न्दै सबैलाई धनयवाद दिए । पानी आएपछी साम्पाङ पानीमा नुहाएका थिए । त्यहीबाट उनले सबैलाई धन्यवाद दिए । यो अभियानको लागि देशविदेशबाट ४ करोड बढी आर्थिक तथा पाइप, खाद्यान्न लगायत सहयोग भएको थियो ।