चर्चित तीन चलचित्र निर्देशकहरु नबिन सुब्बा , उपेन्द्र सुब्बा र सुरज सुब्बा नाल्बो यही असार २ गते धरान आउने भएका छन । उनीहरु याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीको आयोजनामा यहि असार २ र ३ गते याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८० मा भाग लिन आउन लागेको याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समिती अध्यक्ष नबिन मेन्याङ्बो ले जानकारी दिए । नेपाली चलचित्रमा छुट्टै ईतिहास बनाएका यि तीन लेख तथा निर्देशकहरु सँग नेपाली चलचित्र बजारमा याक्थुङ चलचित्र निर्माण सम्बन्धी बिगत बर्तमान र भविस्यको बिषयमा अन्तर्कृया हुने अध्यक्ष मेन्याङ्बोले जानकारी दिए । यि तीन निर्देशक हरुबाट याक्थुङ चलचित्रले नेपाली चलचित्र बजारमा कस्तो प्रभाव पारेकोछ , याक्थुङ चलचित्रहरु बनाउदा लिएको अनुभवहरु शेयर गरिने छ । कार्यक्रमको बिशेष आर्कषणको रुपमा लिइएको नबिन सुब्बाले लिम्बु संस्कृतिमा आधारित सुपर हिट चलचित्र ‘नुमाफुङ’ लगायत धेरै सफल चलचित्रहरु निर्देशन गरेका छन । सुरज सुब्बा नल्बोले भने बाटोमुनिको फुल , शायद २ जस्ता चर्चित चलचित्र निर्देशन् गरेकाछन । यसै गरी उपेन्द्र सुब्बा कबी हुन । उनले सुपरहिट कबडडी सिरिज लेखेकाछन भने भर्खरै सुपर हिट भएको फिल्म ‘जारी’ पनि लेखन निर्देशन् गरेकाछन ।
असार २ र ३ गते हुने याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८० को पहिलो उदघाटन तथा खुल्लाशत्र हुनेछ ।खुल्ला शत्रको उदघाटनमा ५० बन्द बढी च्याब्रुङ सहित सांस्कृतिक झाकी र अन्य जातीय झाकीहरु प्रदर्शन गरिने छ । झाकी चुम्लुङ भवन धरान १५ बाट सुरु भएर भानुचोक ,छाताचोक ,सिंहदेवी चौक ,माछाभौडी हुदै पुन चुम्लुङ भवन धरान १५ मा आएर समापन हुनेछ । सोही दिन यस प्रदेश नेपालमा निर्माण भएका चलचित्रको पोष्टर सार्वजनिक गरिने र याक्थुङ बरिष्ठ चलचित्रकर्मी र याक्थुङ बरिष्ठ कलाकारको घोषणा गरी नगद सहित सम्मान गरिने छ । सोही दिन अर्थात असार २ गतेनै , याक्थुङ चलचित्र र चलचित्रकर्मीहरुको बर्तमान र भविष्य विषयक अन्तरकृया कार्यक्रम समेत आयोजना हुने संघका केन्द्रिय अध्यक्ष नविन सुब्बा मेन्याङ्बोले जानकारी दिए । महाधिवेशको उद्देश्य याक्थुङ कला र संस्कृतिको एतिहसिकता र गौरवलाई कायम राख्दै निरन्तरता दिनु पनि रहेको मेन्याङ्बोले बताए ।