धरान उप-महानगरपालिका-३ बाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धरान-३ का २३ बर्षीय जितेन्द्र दास, धरान-१५ का ३५ बर्षीय दिपेन राई र २७ बर्षीय अनम राईको साथबाट लागुऔषधी ट्रामाडोल २ सय ७६ ट्याव्लेट, स्पास्पेन २ सय ८१ ट्यावलेट र नगद ८ हजार ७ सय ४० रुपैया बरामद गरेको हो ।प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।