धरान र इटहरी उपमहानगरपालिका का जनप्रतिनिधीहरुले धरान र इटहरीको सिमा बिबाद अन्त्य गर्ने प्रयास भएपनि असफल भैरहेको बिबादको बिच धरान उप महानगरपालिकाले सिमानामा राखेको वोर्ड युवा संघ नेपाल इटहरीले हटाएकोमा वाइसिएल धरान नगर समितिले आपत्ति जनाएको छ ।धरान उपमहानगरपालिकाले धरान र इटहरी बीचको सिमाना भनि तरहरामा राखेको सिमाना प्रारम्भ बोर्ड युवा संघ इटहरीले हटाएको घटनाप्रति वाइसिएलले गम्भीर आपत्ति जनाएको हो । स्थानीय तह बीचको सिमाना विवाद सम्बन्धित स्थानीय तह बीचको संवाद, समन्वय र छलफलबाट कानुन बमोजिम समाधान खोजिनु पर्नेमा वाइसिएलले माग गरेको छ ।
धरान नगर सरकारले सिमा सम्बन्धी चालेका कदमहरुको अवमूल्यन हुने गरी पार्टीको भातृ संगठनले अराजक ढंगले सिमा प्रारम्भ बोर्ड हटाइनु गम्भीर र आपत्तिजनक रहेको नगर अध्यक्ष दिपक तामाङले विज्ञप्तिमा उल्लेख गरेकाछन् ।दुई स्थानीय तहका सरकार प्रमुख बीच जिम्मेवार ढंगले प्रस्तुत भई समस्या समाधान गर्न अध्यक्ष तामाङले विज्ञप्तिमा आग्रह गरेकाछन् । धरान नगरपालिकाले आफ्नो सीमानामा हासपोसाको पानीपिया हालको इटहरी २० सम्म नम्सामा कायम भएको भन्दै सीमा प्रारम्भको वोर्ड पानीपियामा केही दिन अघि राखेको थियो ।