यही बैशाख २१ गते बाट अल नेपाल रिलिजको तयारी रहेको नेपाली कथानक चलचित्र ‘ज्याकी I am 21’ को झापामा आक्रमक प्रचार प्रसार भएकोछ । इन्टु मिन्टु लण्डन’ जस्तो सुपर हिट चलचित्र निर्माण गरेको टिमले निर्माण गरेको JACKIE-IAM21 को टिजर , गीत र ट्रेलर रिलिज भएपछी दर्शकहरुको पर्खाइमा रहेको JACKIE-IAM 21 को अल नेपाल प्रचार प्रसारको क्रमामा शुक्रबार झापाको मुख्य शहरहरु दमक , बिर्तामोड र धुलाबारीमा स्कुल , कलेज क्याम्पिएन , प्रेस भेटघाट सङ्गै सिनेमाहलहरुमा गएर दर्शकहरु सँग भेटघट गरेकोछ । फिल्मका मुख्य कलाकारहरु धीरज मगर र जसिता गुरुङ झापाक कलेजहरुमा पुग्दा कलेजले भव्य स्वागत गरेको थियो ।
शुक्रबार बिहान बिर्तामोडको आदर्श कलेज , निदी कलेज , धुलाबारी इस्ट होराइजन स्कुलमा क्याम्पियन भएको थियो । क्याम्पियनमा निर्माण टिमले फिल्म JACKIE-IAM21 सम्बन्धी बिभिन्न प्रश्न हरु सोधी ५ जनालाई बिभिन्न गिफ्ट ह्याम्पर प्रदान गरेको थियो । कलाकारको टिम QFX सिनेमा र पाथिभरा सिनेप्लाजा बिर्तामोड पुगेर फिल्म को ट्रेलर बजाएर उपस्थित दर्शकहरुलाई फिल्मको बारेमा जानकारी दिएका थिए । फिल्मका कलाकार धीरज मगरले नेपालमै पहिलो पटक डान्स ड्रामा मुवी बनेकाले हेर्न आग्रह गरे । नायिका जसिता गुरुङले आफ्नो रुची र लक्ष्यर परिवारको सपना बिचको द्वन्द्दको कथा बोल्ने भएकाले यो फिल्म सबैलाई आफ्नै कथा जस्तो लाग्ने बताइन । एक सफल डान्सर बन्न कयौ मेहनत हन्डर ठक्कर सहेर लाइफलाई अगाडी बढनु पर्ने इन्स्पिरेशन फिल्म दिने बताएकिछिन । फिल्ममा आफुहरुले धेरै मेहनतका साथ अभिनय गरेकोहुनाले पनि फिल्म हेर्दिन आग्रह गरेकिछिन ।
निर्माणको क्रममा I am 21 नाम दिएको चलचित्र पछी JACKIE-IAM21 नामकरण गरेर निर्माण सम्पन्न भएको छ भने यतिबेला प्रदर्शनको तयारीमा रहेकोछ । चर्चित कोरियोग्राफर रेनाशा बान्तवा राणाले निर्देशन गरेको JACKIE-IAM21 ले एक सफल डान्स बन्ने सपना बुनेको कथालाई बोल्ने पक्क छ । सुरुमा रिलिज भएको टिजरले लाहुरे हरुको शहर धरानका ठिटोहरुको लाहुरे बन्न पारिवारिक दवाव पछी ,लाहुरे बन्न असफल बनेका एक धराने ठिटो जस्को एक सफल डान्सर बन्ने सपनालाई बाबा आमाले नबुझ्दा आएको उत्तरचढाव को कथा हो JACKIE-IAM21 ।बैशाख २१ गतेबाट प्रदर्शनमा आउने JACKIE-IAM21 लाई प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानीमा निर्माण भएको हो । चलचित्र निर्माण पक्षले डान्स ड्रामा भनेको छ । सिनेमामा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । ‘इन्टु मिन्टु लण्डनमा’ जस्तो सफल लभ स्टोरी सिनेमा निर्माण गरेकी रेनशाले यसपटक धिरज र जसितालाई लिएर डान्स ड्रामा भन्ने कोसीस गरेकिछिन ।