कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को नाम कोशी प्रदेश नामकरणको बिषयलाई लिएर पहिचान पक्षधरले प्रदेशको नामका विषयमा विवाद गर्न नहुने बताएकाछन । राईले नेपाल बहुजाति बहुभाषिक र बहुसांस्कृतिक मुलुक भनेर अलग–अलग पहिचानलाई संविधानले स्वीकार गरी सकेको अवस्थामा नामले मात्र पहिचान स्थापित नहुने बताए। नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियानका क्रममा उदयपुरको कटारी नगरपालिका पुगेका पूर्वमुख्यमन्त्री राई प्रेस चौतारी उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो प्रतिकृया दिएका हुन ।
१० दलीय गठबन्धनका नाममा एमालेलाई घेराबन्दी गर्दा मध्यावधि हुने संकेत देखिएको बताए।उनले कांग्रेस र माओवादी केन्द्रको कारण देश अस्थिरता र द्वन्द्वको भुमरीमा फस्ने खतरा बढेकाले राष्ट्र र राष्ट्रियता जोगाउनु एमालेको दायित्व भएको उनको दावी छ । नेपालको संविधान बमोजिम प्रदेश सभाको दुई तिहाई बहुमतले कोशी नाम राखेकाले नामका बारेमा प्रदेशसभा भन्दा बाहिरबाट दवाव दिने कार्य उचित नभएको नेता राईको भनाइ थियो।