भारतको सिक्किम राज्य स्थित गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा मंगलवार दिउसो १२ बजेतिर गएको हिमपहिरोमा पारी नेपालबाट घुम्न गएका तिनजनाको मृत्यु भएकोछ । मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको छन् । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको छ ।
७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ भने सात जनाको मुत्यु भएको भारतीय सेनाको विज्ञप्तिमा उल्लेख छ ।