धरान १५ स्थित विजयपुर बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट सहकारी सम्मान -२०७९ द्वारा सम्मानित भएकोछ । जिल्ला सहकारी संघ धरान नगर समन्वय समितिको आयोजनामा ६६ औ राष्ट्रिय सहकारी दिवस २०७९ सोमबार धरानमा सम्पन्न भएको छ । दिवसको अवसरमा सोमबार धरानभरीका ९६ सहकारी संस्थाहरु मध्येबाट बिजयपुर साकोसलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरिएको बचत सङ्घका उपाध्यक्ष काजी गिरीले जानकारी दिए । बिजयपुर साकोस संगै सहकारी अभियन्ता धरान-१५ का वडाध्यक्ष नरेश कुमार इवारम र ‘कपुरी’ न्युज अनलाइनकी पत्रकार रश्मि प्रधान सम्मापत्रद्वारा सम्मानित भएका थिए । २०५८ सालमा सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय ईनरुवाबाट ईजाजत प्राप्त गरी धरान १५ मा संचालित विजयपुर बचत तथा ऋण सहकारी संस्था लि. धरान १५ लाई नेपाल सरकारको सहकारी तथा गरिवी मन्त्रालयले तयार पारेको कोपोमिस (सहकारी तथा गरिवी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली) मा प्रविष्ट गरेको तथ्याङ्कको आधारमा धरान भरी रहेको सहकारीहरु मध्ये उत्कृष्ट छनौट गरिएको हो ।
धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अग्रपङ्तीमा नौ जना महिलाहरुले नौमती वाजा बजाउदै करिब १००० सहकारी कर्मीहरुको र्याली भानुचौकबाट, छाताचौक , सिंहदेवि चौक हुदै धरान १५ स्थित चुम्लुङ भवनमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा धरान उपमहानगरपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरु , राजनीतिक दलका नेताहरुको उपस्थित रहेको थियो । अतिथीहरु हरुले अहिलेको सहकारी संस्थाहरुको अवस्थाको बारेमा बोलेका थिए । प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले सहकारीको खराव प्रवृत्तिलाई प्रतिकार गरिनु पर्ने बताउँदै गलत नियतका, समस्याग्रस्त सहकारी आफै पाखा लाग्ने बताए ।
उपमहानगरपालिका वडा १७ का अध्यक्ष मनोज भट्टराईले सहकारीमा सुद्धिकरण र नियमन जरुरी भएको बताउँदै भने ‘च्याउ जस्तै खुल्ने, व्यक्तिगत सहकारी र नयाँ सहकारीलाई स्थानिय सरकारले बन्द गर्नु पर्नेमा जोड दिए । धरान-१५ का वडाध्यक्ष नरेश कुमार इवारमले सञ्चालक समिति र कर्मचारीको गलत प्रवित्तीका कारण सहकारी भित्र सङ्कट आएको बताए ।स्थानिय सरकारले स्थानिय सहकारी ऐन २०७५ नियमावली पारित नगरेका कारण स्थानिय सहकारी ऐनको दफा ६१ लागु हुननसकेको उनको भनाई थियो ।कार्यक्रम सम्मानित साकोस बिजयपुर सकोसका अध्यक्ष नवीन मेन्याङ्वोले सञ्चालन गरेका थिए ।