धरान उपमहानगरपालिका वडा नम्बर ५ का पुर्व वडाध्यक्ष सन्तोष लिम्बु सहित १२ जना बिरुद्द ईलाका प्रहरी कार्यालय धरानमा जाहेरी परेकोछ । धरान ५ स्थित अधेरी खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएको घर उपमहानगरपालिकाको डोजरले भत्काइदिएपछि आक्रोशित व्यक्तिहरुले वडाअध्यक्षको घरमा आक्रमण गरेपछी बर्तमान वडाध्यक्ष मन प्रशाद लिम्बुले १२ जना बिरुद्द जाहेरी दिएका हुन । आफु घरमा नभएको बेला गएर आफ्ना परिवारका सदस्यहरुलाई घरबाट निकालेर कुटपिट गरेको वडा अध्यक्ष मनप्रसाद लिम्बुको आरोप छ । आफु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गएको बेला नगरको डोजरले घर भत्काएपछि पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु, उनका दाजु लक्ष्मीको नेतृत्वमा आफ्नो घरमा गएर परिवारका सदस्यहरुलाई तान्दै निकालेर कुटेको वडाअध्यक्ष लिम्बुले बताए ।
लिम्बुले पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनको दाजु लक्ष्मी भनिने जीवन लिम्बुसहित १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । उता आरोपित पुर्व वडाध्यक्ष सन्तोष लिम्बुले भने आफुहरुले त्यसो नगरेको बताए । सन्तोषले आफुले कसैलाई पनि धाकधम्की नदिएको र कुटपिट पनि नगरेको जिकिर गरेकाछन । उनले बिहान घर भत्काउदा वडाका जनप्रतिनिधिहरु नआएकोले आक्रोशित स्थानीय जनता गएको र झगडा भएको स्विकार गरेकाछन ।