धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ६ सिधुवाबजारमा लागेको आगलागीमा परि ३ घर जलेर नस्ट भएकोछ भने आगो फैलन नदिन एक घर भत्काउदा ४ घरमा क्षति पुगेकोछ । स्थानीय होमबहादुर थापा, डम्बर थापा, झमक थापा, अर्जुन घिमिरेको घर जलेको हो।आगो नियन्त्रण लिन स्थानीय सन्तोष राईको घर भत्काइएको छ। आगो बेलुका करिब ७ः४५ तिर झमक थापाको घरबाट शुरु भएको थियो।शुक्रबार बेलुका लागेको आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको वडाअध्यक्ष दिपक गुरुङले बताए। आगो लागेदेखि नै नियन्त्रणको प्रयास गरिएको थियो। आगलागीबाट भएको क्षतिको यकिन विवरण आइनसकेको र विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।