प्रदेश १ का नवनियुक्त्त मुख्यमन्त्री हिक्मत कार्कीले सपथ ग्रहण गरेकाछन । कार्कीले आज सोमबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङद्वारा सपथ ग्रहण गरेकाहुन । मुख्यमन्त्री कार्कीले ४ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। मुख्यमन्त्रीको शपथ ग्रहण लगत्तै उनले सानो आकारको मन्त्रिपरिषद गठन गरेका हुन्। मन्त्रिपरिषदमा सत्ता साझेदार दलहरूबाट १/१ जना सरकारमा सहभागी भएका छन्। नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बु सरकारमा सहभागी भएकी हुन्।
यसैगरी सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले भने सपथ ग्रहण बहिस्कार गरेकोछ । आइतबार साँझ शीर्ष नेताहरूले प्रदेश १ को मुख्यमन्त्री पुरै कार्यकालका लागि एमालेलाई नै दिने सहमति गरेपछि माओवादी केन्द्रले असन्तुष्टि जनाउँदै शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको हो। प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले र माओवादीलाई आलोपालोको व्यवस्था मिलाउनुपर्ने माओवादी केन्द संसदीय दलका नेता इन्द्रबहादुर आङबोले बताएका छन ।