ज्योती चर्च धरान – ५ का पास्टर तथा समाजसेवी मचिन्द्र लावतीले धरान – ५ का दुइजना व्यक्तीलाई सहयोग गरेकाछन । ख्रीष्टमस तथा नयाँ बर्ष २०२३ को अवसरमा बिशेष सहयोग गरिएको लावतीले जानकारी दिए । आफ्नो बुवा आमा बितिसकेका धरान – ५ का जिवन दियालीलाई लावतीले आफ्नै खर्चमा शैक्षिक सामाग्री प्रदान गरेकाछन । उनलाई स्कुले झोला , पोशाक , कापी कलम लगायत सहयोग गरिएको लावतीले जानकारी दिए । यसैगरी धरान – ५ कै शारीरिक रुपमा अशक्त मिलन राईलाई पनि निर्माण सामग्री प्रदान गरेर सहयोग गरेकाछन । लावतीका अनुसार मिलन राईको आफ्नो आफन्त कोही नभएको र उनी आँफै पनि अशक्त भएकोले उनी बस्ने घर र शैाचालय जिर्ण अवस्थामा भएपछी मर्मत गरिदिएको हो । मिलन लाई खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य समान समेत प्रदान गरिएको थियो ।
समाजसेवी लावतीको पहल र सहयोगमा यो अभियानमा बिभिन्न व्यक्तिहरुले सहयोग गरेकाछन । जीवनको लागी लावती आँफैले शैक्षिक सामग्रीहरु प्रदान गरेभने मिलन राईको घर तथा शौचालय निर्माणमा गंगा लावती रु २००० , तिर्सा लोहोमी रु ५०० र मचिन्द्र लावतीको तर्फबाट रु ८३८५ आर्थिक सहयोग प्रदान गरिएको लावतीले जानकारी दिए । घर मर्मत अभियानमा सुनिता लावतीले ६ फुटे टिन ७ पत्ता तीन साथै ज्योति नेवार नेवार र कान्छा राईले खाने कुरा उपलव्ध गराएर सहयोग गरेका थिए । मर्मतमा आशराज तुम्रोक ,सुमन परियार,गोपाल परियार,धनबहादुर राई,रमा देवान,बिबेक तामाङ,दिलमाया लिम्बु,कबिता लिम्बु,सेबिका लावती ,सन्ध्या लावती ,कृष्ण नेपाल, मचिन्द्र लावति लगायतले श्रमदान गरेका थिए ।