महिलाहरुलाई अत्यावश्यक पर्ने स्यानिटरी प्याड किन्न वार्षिक १५ सय दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्णय गरेकोछ । आज सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन । सरकारले प्रजनन् उमेरका महिलालाई स्यानिटरी प्याड किन्न वार्षिक १५ सय उपलब्ध गराउने भएको छ। साथै सरकारले सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्याउने र त्यसका लागि पालिकामा आधारभूत अस्पताल र प्रदेशहरूमा विशिष्टीकृत अस्पताल निर्माण गर्ने निर्णय समेत गरेकोछ ।