धरानमा तिनदिने उदघोषण तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न भएकोछ । ज्योती चर्च धरान ५ को आयोजना तथा हार्ट एफ एम 87.6 MHZ धरानको संयोजनमा संचालित तालिम मङ्गसीर १४ गते देखी १६ गते सम्म ज्योति चर्चकै भवनमा संचालन गरिएको थियो । उदघोषण, मन्चीय कार्यक्रम , संचारको अवधारणा ,भाषणकला , रेडियो उदघोषण, रेडियो प्रोग्राम , पत्रकारिताको अर्थ , पत्रकारिताको परिभाषा , समाचार र अहिलेका सामाजिक संजालको बिषयमा प्रशिक्षण गरिएको थियो ।
तालिममा तालिममा पत्रकारिताको अर्थ , पत्रकारिताको परिभाषा र समाचार को बारेए नेपाल पत्रकार महासंघ सुनसरीका पुर्व अध्यक्ष कोशीपत्र दैनिकका सम्पादक राजेश बिद्रोही , उदघोषण मन्चीय तथा कार्यक्रम तरहरा एफ एम का सहायक् म्यानेजर मनोज दाहाल , संचारको अवधारणा ,भाषणकला , रेडियो उदघोषण, रेडियो प्रोग्रामका बारे हार्ट एफ एम का कार्यक्रम संयोजक बिनोद विश्वकर्मा र अहिलेका सामाजिक संजालको बिषयमा नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य भीषण राईले प्रशिक्षण गरेका थिए । जम्मा २७ जना बिधार्थीहरु सहभागी थिए ।
हिमालयन अगुवापन तालिम र ज्योति चर्चको आयोजना एक महिना देखी बाइबलिय अगुवापन तालिम संचालन हुँदै आएको र उक्त्त तालिममा बाइबलका कुरा मात्र नभएर बिभिन्न बिषयमा तालिम दिनेक्रममा पत्रकारिता तालिम पनि दिएर प्रशिक्षार्थीहरुलाई मिडियाको बारेमा आधारभुत ज्ञान प्रदान गर्नको लागी तिनदिने उदघोषण तथा आधारभुत पत्रकारिता तालिम आयोजना गरिएको चर्चका पास्टर मचिन्द्र लावतीले जानकारी दिए ।