धरान-१४ निवासी शिक्षासेवि सुरेन्द्र घिमिरेद्वारा धरानका दुई बिधालयलाई आर्थिक सहयोग प्रदान गरिएकोछ । घिमिरेले आफ्नो जन्मदिनको अवसरमा धरान-१४ स्थित दन्तकाली मा.बि.मा आफ्ना स्वर्गीय हजुरबुवा देउ नारायण घिमिरेको स्मृतिमा ५० हजार रुपैया बराबरको “देउ नारायण घिमिरे स्मृती अक्षयकोष” स्थापना गरेकाछन । उनले उक्त्त रकम पबित्र बचत तथा ऋण सहकारी संस्थामा अक्षयकोष स्वरुप जम्मा गरेको ५० हजार रुपैयाको डिपोजिट रसिद बिद्यालयका सहायक प्र.अ. श्रीप्रसाद कोइरालालाई हस्तान्तरण गरेकाछन । आफू पनि शिक्षा क्षेत्रमा आबद्ध भएकाले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई अध्ययन गर्न अभिप्रेरित गर्ने उद्येस्यले अक्षयकोष स्थापना गरेको घिमिरेले बताए।अक्षयकोष बापत जम्मा गरेको रकमको ब्याजले कक्षा-८ को बार्षिक परीक्षामा उत्कृष्ट हुने एक जना छात्र र एक जना छात्रालाई छात्रबृत्ती प्रदान गरिने सहायक प्र.अ.कोइरालाले जानकारी दिए।कार्यक्रममा बिद्यालयका शिक्षकहरु बालकृष्ण चौलागाई, कृष्ण तिम्सिना लगायतको उपस्थिती थियो।शिक्षासेबी घिमिरे लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्ध रहेका छन।केन्द्रीय प्रबिधि क्याम्पस हात्तिसार, बिरेन्द्र मेमोरियल कलेज लगायतका शैक्षिक सन्स्थामा अध्यापनरत घिमिरे इटहरी स्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का संचालक समेत हुन।
यसैगरी धरान -५ स्थित ठिङ्गाबारीमा रहेको जनता आधारभुत बिद्यालयमा पुगेर निर्माणाधिन अबस्थामा रहेको भवनलाई थप सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरि बिद्यार्थीहरु सङ्ग जन्म दिन मनाए ।घिमिरेले बिद्यालयकी प्रधानाध्यापक रीता पोख्रेललाई १० हजार रुपैया नगद प्रदान गरे। “यो बिद्यालयको अबस्था नाजुक छ भनेर पहिले सुनेको थिए, आज जन्म दिनमा सहयोग गर्न पाउँदा खुशी लाग्यो”- उनले भने। निर्माणाधिन भवनको झ्याल ढोका लगाउन उक्त रकम प्रयोग गरिने बिद्यालयकी प्र.अ.पोख्रेलले जानकारी दिइन।शिक्षासेबी घिमिरेले केहिबेर बिद्यार्थीहरु सङ्ग गीत गाएर रमाईलो समेत गरे।