पछिल्लो समयको ब्लकवस्टर चलचित्र “अञ्जिला” कि बालकलाकार नमिक्षा मगर को डेव्यु रहेको म्युजिक भिडियो “रोधीघर” सार्वजनिक भएको छ । मगर जातीमा नाचीने सांस्कृतिक नृत्य कौडा नृत्य रोधी भाकामा तयार पारिएको “रोधीघर” बोलको गीत नमिक्षा मुख्य भुमीकामा देखिएकिछिन । नमिक्षाको जोडीको रुपमा एनोभ गुरुङ छन । म्युजिक भिडियोमा सुमिन गुरुङ,सिवु पाण्डे र चाहाना मगर पनि फिचर रहेका छन । साहिल लिम्बु र रोजीना बस्नेतको आवाज रहेको गीतको भिडियो निर्देशन भने विजय मगरले गरेका छन ।
गुरुङ र मगर समुदायमा गाइने रोधीमा भेटिएका सोल्टी र सोल्टीनीको भेटलाई निर्देशकले गज्जवले प्रस्तुत गरेका छन ।नमिक्षाको अभिनय चलचित्रहरुमा झै निकै राम्रो गरेकीछिन भने, डान्स पनि उत्तिकै गज्ज्व गरेकी छिन उनको अपोजिटमा रहेका एनोभको प्रस्तुती पनि जो कोहीलाई मन पर्नेछ । पदम साधना कुलुङको शब्द रहेको गीतमा साहिल स्वयंमको संगीत रहेको छ । सनम तामाङ्ग र टिमले खिचेको भिडियोलाई सनमले सम्पादन गरेका छन । गीतको कोरीयोग्राफी भने सन्जिला र सुमीत्राले संयुक्त रुपमा गरेका छन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।