यहि दशैको फुलपातीबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को पहिलो कोशेली स्वरुप पहिलो बेला बितेसी बोलको गीत सार्वजनिक भएको छ । गीतमा पछिल्लो समयकी चर्चित गायीका समिक्षा अधिकारी र गायक तथा नायक प्रकाश सपुतको आवाज रहेको छ । गीतमा शव्द, संगीत र आवाज प्रकाश स्वंयको रहेको छ । झवाटट् सुन्दा चलचित्र बसन्त को साझ प¥यो बोलको गीत सँग मिलेपनि गीत निकै मिठो बनेको छ । गीत पश्चिमी लोकभाकामा बनेकोले सुन्दा आनन्द लाग्छ नाचु नाचु लाग्छ ।
गीतको कोरीयोग्राफी मौसम हिमालीले गरेका छन । गीतमा नायक प्रकाश र नायिका स्वस्तिमा खड्काको नृत्य गज्जव छ हेरु हेरु लाग्छ । दिपेन्द्र के। खनालको निर्देशनमा तयार भएको सिनेमा एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो । निर्माणमा सरोज ओली र मोहितबंश आचार्य रहेका छन् ।
सिनेमाको छायांकन कृष्ण बहादुर थापाले गरेका हुन् भने सम्पादन नकुल खड्काले गरेका छन् ।चलचित्रमा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी, राजाराम पौडेल, दिव्य देव, दिनेश काफ्ले र कमलमणि नेपाल कलाकारको अभिनय रहेको छ । चलचित्र यहि दशैको फुलपातीबाट प्रदर्शनमा आउने भएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।