तिहारको रौनक सङ्गै मिथिला क्षेत्रमा लक्ष्मीपूजाको दिन स्वागतद्वार निर्माणका लागि केराको बोट (थाम) को बिक्री बढेको छ ।मैथिली परम्पराअनुसार स्वागतद्वार निर्माणका लागि लक्ष्मीपूजामा केराको बोट प्रयोग गरिन्छ । वैदिकालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको मिथिला संस्कृति र परम्पराका ज्ञाता जलेश्वर–८ बजराहीका ७० वर्षीय मनोहरनाथ पाठक बताउनुहुन्छ ।केराका थामबाट बनाइएको स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने जनविश्वास छ । आज दिनभर चतुर्दशी तिथी रहे पनि साँझ सूर्यास्तअघि औँसी तिथि सुरु हुने भएपछि आजै लक्ष्मीपूजा गरिन लागिएको हो ।