भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने भएकाछन । कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । औपचारिक रुपमा आज प्रधानमन्त्रीमा नियुक्त हुन लागेका सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुन । ४२ वर्षका सुनक सन् २०२० मा सुनक बेलायतको अर्थमन्त्री बनेका थिए ।