यही पौष २९ गते रिलिज को तयारी रहेको माया, प्रेम र बदलाको कथा बोल्ने चलचित्र ‘तिम्रो मेरो साथ’ को टिजर रिलिज भएकोछ । चर्चित निर्देशक सबिर श्रेष्ठ र बाबुराम निरौलाले मिलेर लेखेको ‘तिम्रो मेरो साथ’ लाई रमेश एमके पौडेलले निर्देशन गरेकाछन । रमेशको यो डेव्यु निर्देशन हो । बोधी एचडी को अफिशियल युट्युब च्यानलबाट रिलिज भएको टिजर एक मिनेट ३० लामो टिजरले फिल्मको बारेमा कौतुहल्ता भने जगाएकोछ । रिलिज टिजरमा माया प्रेम अनी बदलाको कुरालाई निर्देशक पौडेलले गज्जब ले प्रस्तुत गरेकाछन ।
पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको फिल्ममा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन खबपु लगायतको मूख्य भूमिका रहेको छ । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको सिनेमामा पासाङ लामाको निर्माण , पौडेल स्वंयमको कथा, गीत र लगानी र सबिर श्रेष्ठ कार्यकारी निर्माता रहेकाछन । निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह(निर्माताका) रहेकाछन । फिल्म यस अघी रिलिज गीत रुमालै बाटौला लाई दर्शकले रुचाएकाछन ।