Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

ग्रामीण सिट्कममा नयाँ स्वाद पस्किने वेब सिरिज ‘लट्ठक’का सबै एपिसोड सार्वजनिक

नेपाली ग्रामीण परिवेश, सामाजिक यथार्थ र व्यङ्ग्यात्मक हास्यलाई समेटेर निर्माण गरिएको वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड युट्युबमार्फत सार्वजनिक भएका छन्।

हंगामा खबर by हंगामा खबर
२०८२ पुस १५ गते १६:१९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
ग्रामीण सिट्कममा नयाँ स्वाद पस्किने वेब सिरिज ‘लट्ठक’का सबै एपिसोड सार्वजनिक
46
SHARES
Share on FacebookShare on Twitter

नेपाली ग्रामीण परिवेश, सामाजिक यथार्थ र व्यङ्ग्यात्मक हास्यलाई समेटेर निर्माण गरिएको वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड युट्युबमार्फत सार्वजनिक भएका छन्। विश्व बजारमा लोकप्रिय सिट्कम कमेडी शैलीलाई नेपाली माटो सुहाउँदो रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको यस सिरिजले दर्शकलाई शुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै समसामयिक सामाजिक विषयमाथि व्यङ्ग्यात्मक चेतना पनि दिन खोजेको छ।

सागर ज्ञवालीको परिकल्पना तथा निर्देशनमा बनेको ‘लट्ठक’ उनका लागि निर्देशन यात्राको महत्त्वपूर्ण उपलब्धि हो। विद्यालय जीवनदेखि नै निर्देशन क्षेत्रमा रुचि राख्दै आएका ज्ञवालीले यसै सिरिजलाई आफ्नो औपचारिक डेब्युको रूपमा लिएका छन्। चार वर्षअघि पहिलो पटक सिरिज निर्देशन गरेपछि करिब सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका उनी हाल चलचित्र ‘मालती मंगले’ निर्माणमा व्यस्त छन्। निर्देशक ज्ञवालीका अनुसार कहिलेकाहीँ अरूको सपना पूरा गरिदिनु पनि आवश्यक हुने भएकाले चलचित्र निर्माणमा संलग्न भएका हुन्, तर अब भने निर्देशनमै निरन्तर अघि बढ्ने योजना रहेको बताउँछन्। दर्शकको राम्रो प्रतिक्रिया आएमा ‘लट्ठक’को दोस्रो सिजन पनि ल्याइने उनले जनाएका छन्। साथै, छिट्टै आफ्नै निर्देशनमा नयाँ चलचित्र घोषणा गर्ने तयारीसमेत भइरहेको छ। यो वेब सिरिज म्युजिक नेपालको युट्युबमा रिलिज भएको हो।

नेपाली ग्रामीण परिवेशका पात्रहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘लट्ठक’ मा अनुभवी र नयाँ कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ। सिरिजमा सुभाष गजुरेल, अभय राज बराल, शकु शाह, कविता आले, रोकीत कार्की, रणजीत राणा, रोहित खत्री, शिला खनाल, जीवन जङ्ग थापा, दिवस विक्रम बोहरा, मानिषा भुजेल, इन्द्रजित चौलागाईं, लक्ष्मण चौलागाईं, उमिशा पाण्डे, सरिता भण्डारी, रचना पौडेल, गीता खड्का, श्रेया दुलाल र केबी पौडेल लगायत कलाकारको अभिनय रहेको छ।

ADVERTISEMENT

करिब २५ वर्षअघि ‘श्रीराम बाजे’का रूपमा परिचित अभिनेता सुभाष गजुरेल यस सिरिजमा ‘स्वाहा बाजे’को भूमिकामा देखिएका छन्। ‘होस्टेल रिटर्न्स’ बाट लोकप्रिय बनेका अभय राज बरालले पनि यस सिरिजमार्फत दर्शकको थप माया पाउने अपेक्षा गरिएको छ भने अभिनेत्री शकु शाहका लागि ‘लट्ठक’ अभिनय यात्राको नयाँ मोड साबित हुने विश्वास गरिएको छ।

Previous Post

कर्णाली दयाको होइन, गौरवको विषय हो ः नायक प्रदीप खड्का

Next Post

चलचित्र कुमारी को नयाँ गीत डोको बुन्नेमा अभिषेक र आकृतिको नोस्टाल्जिक प्रेम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist