Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कर्णाली दयाको होइन, गौरवको विषय हो ः नायक प्रदीप खड्का

घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ भएको छ।

हंगामा खबर by हंगामा खबर
२०८२ पुस १३ गते १४:५५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
कर्णाली दयाको होइन, गौरवको विषय हो ः नायक प्रदीप खड्का
47
SHARES
Share on FacebookShare on Twitter

घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ भएको छ। बिहीबार आयोजित समारोहमा वन तथा वातावरण मन्त्री माधव चौलागाईं, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेता तथा सद्भावना दूत प्रदीप खड्का, उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष तथा महोत्सवकी संरक्षक भवानी राणा तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियालगायतको उपस्थिति रहेको थियो।

नेपाली चलचित्रको प्रवर्द्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको यो महोत्सवले सहरदेखि गाउँसम्म चलचित्र र पर्यटनलाई जोड्ने लक्ष्य लिएको छ। कर्णालीजस्तो अपार सम्भावनायुक्त क्षेत्र भए पनि पर्यटन तथा चलचित्रसँग सम्बन्धित गतिविधि न्यून रहेको अवस्थामा, महोत्सवले त्यहाँका कथा, संस्कृति, जीवनशैली, भाषा, भेसभुसा र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने अभियान थालेको हो।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दका अनुसार कर्णालीका लुकेका कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्यले ‘गन्तव्य कर्णाली’ अभियान अघि बढाइएको हो। “कर्णालीका कथालाई चलचित्रमा रूपान्तरण गर्न हामीले कथा आह्वान गरेका छौँ। उत्कृष्ट कथालाई आगामी वैशाखमा सम्मान गरिनेछ र सम्भव भए चलचित्र निर्माण पनि गरिनेछ,” उनले बताए। चलचित्रमार्फत पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्नु महोत्सवको अर्को महत्त्वपूर्ण उद्देश्य रहेको उनले स्पष्ट पारे।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै अभिनेता प्रदीप खड्काले कर्णालीलाई दयाको दृष्टिले होइन, गौरवको दृष्टिले हेर्नुपर्नेमा जोड दिए। “कर्णाली हाम्रो भाषा, साहित्य, कला र संस्कृतिको उद्गमस्थल हो। नेपाली चलचित्र ढिला सुरु भए पनि मौलिकतामा हामी पछि छैनौँ। यदि नेपाली चलचित्रलाई नयाँ उचाइमा लैजाने हो भने त्यसको केन्द्र कर्णाली हुन सक्छ,” उनले भने।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले यस्तो किसिमका कार्यक्रमले नीतिगत तहमा समेत सकारात्मक बहस सिर्जना गर्ने बताए। उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष तथा महोत्सवकी संरक्षक भवानी राणाले महोत्सवले कर्णालीलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने विश्वास व्यक्त गरिन्‌। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्म टुरिजमको प्रभाव प्रत्यक्ष रूपमा मापन गर्न नसकिए पनि चलचित्रमा देखाइएका दृश्यहरूले पर्यटकलाई स्वाभाविक रूपमा आकर्षित गर्ने बताए।

वन तथा वातावरण मन्त्री माधव चौलागाईंले कर्णालीको आत्मविश्वास बढाउने प्रमुख माध्यम नै चलचित्र भएको उल्लेख गर्दै भने, “कला यस्तो माध्यम हो जसले छोटो समयमा मानिसको सोच परिवर्तन गर्न सक्छ। मौलिक कथाका लागि कर्णाली उत्कृष्ट ‘हटस्पट’ हो।”

महोत्सव चार चरणमा सञ्चालन हुने आयोजकले जनाएको छ।

  •  तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९सुर्खेत० – २०८३ वैशाख ४
  •  गुराँस चलचित्र पर्यटन संवाद – २०८३ वैशाख ५
  •  कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड ९काठमाडौं० – २०८३ वैशाख २६
  •  जुम्ला तातोपानी पर्यटन चलचित्र जलवायु समिट – २०८३ जेठ २७ ९११ जुलाई २०२६०

कर्णालीका अनगिन्ती कथा, कला, संस्कृति र प्राकृतिक सौन्दर्यलाई विश्वसामु चिनाउने लक्ष्यसहित अघि बढेको यो महोत्सवले नेपाली चलचित्र र पर्यटन क्षेत्रलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

 

Previous Post

चलचित्र ‘कल्ली’ को टिजर सार्वजनिक, ‘कल्ली’ भित्र लुकेको रहस्मय कथा बोल्ने

Next Post

ग्रामीण सिट्कममा नयाँ स्वाद पस्किने वेब सिरिज ‘लट्ठक’का सबै एपिसोड सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist