Monday, May 4, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘माइतीघर’को शिर्षगीतको ‘नृत्य प्रतियोगीता’मा उत्साहजनक सहभागिता

सोमबारबाट सुरु भएको यो प्रतियोगीताका विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । असोजको १२ गतेसम्म यो प्रतियोगीता जारी रहने निर्माणपक्षले बताएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ भदौ १८ गते ११:३२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘माइतीघर’को शिर्षगीतको ‘नृत्य प्रतियोगीता’मा उत्साहजनक सहभागिता
53
SHARES
Share on FacebookShare on Twitter

असोजको १३ गते फूलपातीबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को शिर्ष गीतको नृत्य प्रतियोगीतामा दर्शकहरुको उत्साहजनक सहभागीता भइरहेको छ । सोमबारबाट सुरु भएको यो प्रतियोगीताका विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । असोजको १२ गतेसम्म यो प्रतियोगीता जारी रहने निर्माणपक्षले बताएको छ ।निर्माता रोहित अधिकारी भन्छन्–‘दर्शकहरुले २४ घन्टा पनि नवित्दै यति धेरै भिडियो बनाएर पठाउनुभएको छ कि, हामी आफै अचम्मित परेका छौं । दर्शकहरुको यो सहभागीताले हामीलाई निकै नै उत्साहित बनाएको छ ।

२४ घन्टा नवित्दै ओएसआर डिजिटलको विभिन्न सामाजिक प्लेटफर्ममा १५–२० लाख भ्यूज आइसकेको छ ।’
रोहितले दर्शकहरुको यो उत्साहले आफूहरुलाई अझै उर्जा थपिएको बताए । सुरुवातमा यसको निर्माणपक्षले यो भिडियो प्रतियोगीतामा प्रथम हुनेलाई ५ लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो । तर, अब दोस्रो र तेस्रो हुनेलाई पनि पुरस्कार दिने बताइएको छ । साथै, सहभागीता जनाउनेहरुको पनि हात खाली नहुने रोहितले जानकारी दिए ।

सञ्जिवनीको स्वरमा समावेश यो गीत सार्वजनिक भएसँगै चर्चामा छ । यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको नृत्य गरेर भिडियो बनाउनेहरुमध्येबाट एक जनालाई ५ लाख नगद पुरस्कार दिने घोषणा गरिएको हो । गीतको भिडियोमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोलाई मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन छ । फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ ।

ADVERTISEMENT

रोहित भन्छन्–‘कतिपय भिडियोहरुमा त दर्शकको मिहिनेत देखेर हामी आफै छक्क छौं । दर्शकहरुले भिडियोलाई उत्कृष्ट बनाउन कुनै कसर नै बाँकी राख्नु भएको छैन ।’केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ ।चन्द्रकुमार दोङको कथा रहेको फिल्ममा रामशरण पाठकको पटकथा तथा संवाद छ । रबिन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

Previous Post

विशुद्ध प्रेमकथामा निर्माण हुनलागेको चलचित्र “कुमारी” को छायाङ्कन सुरु

Next Post

‘अभिमन्युः च्याप्टर वान’को शीर्षक गीतमा राजेश हमालको मुखौटा लगाएर निस्के कामेश्वर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

by हंगामा खबर
२०८३ बैशाख २१ गते १५:१५ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist