Monday, May 4, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘अभिमन्युः च्याप्टर वान’को शीर्षक गीतमा राजेश हमालको मुखौटा लगाएर निस्के कामेश्वर

सुपरहिट चलचित्र पुर्ण बहादुरको सारंगी का निर्माता बिनोद पौडेल निर्माण तथा गायक सुशान्त गौतमको डेव्यु निर्देशन रहेको चलचित्र ‘अभिमन्युः च्याप्टर वान’को शीर्षक गीत सार्वजनिक गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ भदौ १८ गते १४:०८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘अभिमन्युः च्याप्टर वान’को शीर्षक गीतमा राजेश हमालको मुखौटा लगाएर निस्के कामेश्वर
44
SHARES
Share on FacebookShare on Twitter

सुपरहिट चलचित्र पुर्ण बहादुरको सारंगी का निर्माता बिनोद पौडेल निर्माण तथा गायक सुशान्त गौतमको डेव्यु निर्देशन रहेको चलचित्र ‘अभिमन्युः च्याप्टर वान’को शीर्षक गीत सार्वजनिक गरिएको छ । नेपाली र हिन्दी भाषामा निर्माण भएको सिनेमा ‘अभिमन्युः च्याप्टर वान’को शीर्षक गीतमा र्‍यापर भियोमाको शब्द रचना, संगीत तथा स्वर रहेको छ । सार्वजनिक र्‍याप गीतले पैसाले मान्छेको असली चरित्र उजागर गर्ने सन्देश दिँदै पैसामा माया साटिने र सम्बन्ध टुट्ने यथार्थता प्रस्तुत गरेको छ ।र्‍यापर भियोमा आफैंले अभिनय समेत गरेको गीतको भिडियोमा सिनेमाका केही महत्त्वपूर्ण दृश्यहरू पनि समावेश छन् । निर्माण पक्षका अनुसार ‘अभिमन्यु’ पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट मुक्त हुन संघर्ष गर्ने पात्रको कथामा आधारित सिनेमा हो ।

गीतमा चलचित्रका प्रमुख कलकार कामेश्वर चौरासिया महानायक राजेश हमालको मुखौटा लगाएर कार चलाएको देखिन्छ यो दृश्यले दर्शकहरुलाई कौतुहलता जगाएको छ ।पैसा भनेपछि दुई नम्बरी धन्दाबाट आएको होस् वा मेहनतको कमाइ सबैले त्यसमाथि गिद्धे नजर लगाएर गलत कार्यमा पनि साथ दिने मनोविज्ञानलाई निर्देशकले देखाउन खोजेको कुरा सहजै बुझन सकिन्छ । चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्नेछ । पैसाको चक्करमा जेल नेल भोक तिर्खा गर्दै दौडिरहेको कामेश्वरको अर्की कलाकार लक्ष्मी बर्देवा संग बढेको सामिप्यताले सबैलाई प्रेमको मिठो परिभाषा अनि आभाष दिलाउछ ।

सुपरहिट चलचित्र “पूर्ण बहादुरको सारङ्गी” को टिमले निर्माण गरेको चलचित्र ‘अभिमन्यु स् च्याप्टर–१’ को चर्चा निकै छ ।सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको फिल्मले पैसाको प्रलोभनमा फसेर चक्रव्यूहबाट बाहिर निस्कने संघर्षको कथा बोल्छ । सुशान्त गौतमको निर्देशन डेब्यु रहेको यसमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन् ।

ADVERTISEMENT

मुकेश खनालको लेखनमा बनेको चलचित्रलाईविनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन । सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ, कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन । ‘अभिमन्यु स् च्याप्टर–१’ भदौ २७ गते नेपालीमा र असोज ६ मा हिन्दी भर्सनमा वर्ल्डवाइड रिलिज हुने तयारी रहेको छ ।

Previous Post

चलचित्र ‘माइतीघर’को शिर्षगीतको ‘नृत्य प्रतियोगीता’मा उत्साहजनक सहभागिता

Next Post

चलचित्र “पहिचान” को गीतमा धरानको सडकमा कम्मर मर्काउदै करिश्मा र धिरेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

by हंगामा खबर
२०८३ बैशाख २१ गते १५:१५ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist