प्रेम कथामा आधारित चलचित्र निर्देशन गर्न माहिर निर्देशक दिनेश राउत पुन यहि विधामा फर्किएका छन । निर्देशक दिनेश राउतमा भएको प्रेम कथामा आधारित चलचित्र निर्देशन गर्न रहेको खुवी अब दर्शकहरुले फेरी हेर्न पाउने भएका छन । मङ्गलवार बिहान चलचित्रको औपचारिक शुभ मुहूर्त ललितपुरको बङ्गलामुखी मन्दिरमा गरिएको छ, जहाँ चलचित्रका मुख्य कलाकार, निर्देशक, र निर्माण टोलीको उपस्थिति थियो।दिनेश राउतले निर्देशन गरिरहेको ‘कुमारी’ को छायाङ्कन ललितपुरको पाटन क्षेत्रबाट सुरु भएको हो। सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने लक्ष्य राखिएको छ। यस चलचित्रमा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन्।
यी दुईबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, र भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ।बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। यसअघि नै ुकुमारीु घोषणा र पोस्टर तथा कलाकार सार्वजनिक कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुति रहेको यही चलचित्र ुकता छौु बोलको गीत चर्चामा रहेको छ। गायक लिम्बुले पार्श्व गायनमा यही चलचित्रबाट डेब्यु गरेका हुन्।
‘कुमारी’ मा सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ, र प्रशान्त सिवाकोटीको रहेको छ भने गीतमा स्वर केहर सिंह लिम्बुले नै दिएका छन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।निर्देशक राउतले ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, र ‘क्लासिक’जस्ता सफल प्रेमकथामा आधारित चलचित्र निर्देशन गरेपछि सामाजिक विषयमा केन्द्रित ुपर्वु, ुमहाभोजु, ‘प्रसाद’, ‘प्रकाश’ र ुपुजार सार्कीु जस्ता चलचित्र पनि निर्देशन गरेका थिए। उनले ‘कुमारी’ मार्फत फेरि प्रेमकथाको संसारमा फर्केका हुन्।
सुसन प्रजापतिको छायाङ्कन निर्देशन रहने यस चलचित्रमा कार्यकारी निर्मातामा केदार भुसाल, प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन्। चलचित्रको अन(स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन्। सुप्रिम पराजुलीको रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापाको कोरियोग्राफी रहनेछ। दर्शकको चाहनाअनुसार आफू फेरि प्रेमकथामा फर्किएको उनले बताए। छायांकन समाप्ती संगै चलचित्र रिलिज मिति पनि तय गरिने निर्देशक राउतले जानकारी दिए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।