यहि दशैको फुलपातीको दिनबाट प्रदर्शन मिति तयगरेको प्रतिक्षित चलचित्र “माइतीघर” ले प्रदर्शन अगावै एकपछि अर्को रेकर्ड बनाउदै आएको छ । चलचित्रमा छनोट गरिएको जम्बो स्टार संगै, छायाँकनको समयमा चारित्रीक पोस्टर सार्वजनिक, गीतसंगीत सबैले चर्चा बटुल्दै आएको चलचित्र “माइतीघर” को पहिलो लुक्स पोस्टर सार्वजनिक भएको छ । चलचित्रको अफिसियल पोष्टर सार्वजनिक भएपछि अव टिजर, ट्रेलर तथा गीतहरुको पर्खाइ बढेको छ ।
मिलन तामाङ निर्देशित र रोहित अधिकारी निर्मित बहुप्रतीक्षित यो चलचित्र ‘माइतीघर’ तामाङ समुदायको संस्कृति र भावनात्मक सम्बन्धलाई समेत केन्द्रमा राखेर निर्माण गरिएको फस्टलुक पोस्टरमा अनुमान लगाउन सकिन्छ । सार्वजनिक पोस्टरले पात्रहरुको गेटअप, लुक्स र मुडलाई दर्शाएको छ ।
चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङ्देल मुख्य भूमीकामा रहेका छन। सुसन प्रजापतिको छायांकनमा निर्माण भइरहेको ‘माइतीघर’ मा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता छन ।रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा रविन शेरचन र धीरज तामाङको पनि लगानी छ । फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् । निर्माता अधिकारीले यसअघि निर्माण गरेका ‘गाजलु, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’लाई दर्शकले रुचाएका थिए ।
अस्ट्रेलियाको हिमारो इन्टरटेन्मेन्टका लागि प्रमेज धामी र प्रकाश गैरेले खरिद गरेको यो अधिकारसँगै फिल्मको लगानीको ठूलो हिस्सा सुरक्षित भएको निर्माण टिमले जनाएको छ । पोस्टर नआउँदै गरिएको यस्तो ठुलो डिलले फिल्मप्रति वितरकको भरोसा र बजारको उत्सुकता झल्काउँछ । निर्माता अधिकारीका अनुसार, अन्य देशहरूमा पनि चलचित्रको बिक्री प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।