नेपालमा निर्माण भएको नेपाली चलचित्रहरु प्राय नेपालमा प्रर्दशन भएर दर्शकको राम्रो प्रतिकृया आएपछि विदेश प्रदर्शन गर्ने चलन छ । तर चलचित्र “यो मन त मेरो नेपाली हो ” को विशेष शो अमेरिकाको विभिन्न शहरहरुमा सकेर दर्शकहरुको प्रसंसा बटुलेको छ । चलचित्र अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको बिशेष सोमा चलचित्र हेर्ने दर्शकले चलचित्रको खुलेरै प्रसंसा गरेका छन् । चलचित्र यहि असार २७ गतेबाट प्रदर्शनमा आउदै छ ।
सोमबार राति पिट्सबर्ग गरिएको बिशेष सो हेर्ने दर्शकले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएकोले चलचित्र निकै सुन्दर र हरेक नेपालीभाषी हेनु पर्ने फिल्म बनेको भन्दै दर्शक चलचित्रको तारिफ गरेका छन् ।
चलचित्र ुयो मन त मेरो नेपाली होु मा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन ूमन्त्रीू,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान ९रोशन० ले निर्माण गरेका हुन् । दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।
अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान ९नर० को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ ।सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।