धेरै समयदेखि नेपाली चलचित्रमा लवस्टोरी चलचित्रको खडेरीनै लागेको जस्तो भएको छ । त्यो खडेरीमा हराभरा ल्याउनको लागि हिट चलचित्र प्रेमगीतका निर्देशक सुदर्शन थापा र नायक प्रदिप खडकाले सहकार्य गर्ने भएका छन । निर्देशक थापाले नायक खड्कालाई लिएर चलचित्र ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । निर्देशक थापाले चलचित्र विकास बोर्डमा सिनेमाको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको बताइएको छ ।
निर्देशक थापाको निर्देशनमा दश वर्षअघि ‘प्रेमगीत’ बाट डेव्यु गरेका नायक खडका र निर्देशक थापाबीच निर्माणको तयारी थालिएको चलचित्र ‘शुभ विवाह’ मा दोस्रो पटक सहकार्य हुन लागेका हो। निर्देशक थापाले नायक खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए तर दुवैतर्फबाट चलचित्रको नाम भने सार्वजनिक गरिएको थिएन।
‘शुभ विवाह’ लाई प्रेम कथामा आधारित पारिवारिक , समाजको मुल्य मान्यतालाई आत्मसाथ गर्दै नेपाली धर्म, संस्कृति अनुसार विवाहको महत्व लाई मुख्य बिषयवस्तु बनाइने निर्देशक थापाको भनाई छ । चलचित्रको लागि मुख्य नायिका सम्पूर्ण कलाकार तथा प्राविधिक फाईनल गरि छायांकनमा जाने तयारी रहेको निर्देशक थापाले जानकारी दिए ।
Photo : Surendra Thapa