पछील्लो समयको सुपर हिट चल्कहित्र ‘अन्जिला’ को तेस्रो गीत रिलिज भएको छ । यो देशको झण्डा बोलको गीतमा लोकराज अधिकारीको शब्द, हरी लम्सालको संगीत र बबिना किरातीको आवाज रहेको छ । गीतको भिडियोमा अन्जिलाको सुरु देखिको संघर्ष देखी अहिले पाएको सफलता सम्मको घटनालाई समेटिएको छ । अन्जिलाको सुरुवाती दिनहरुको संघर्ष देखी रास्ट्रीय टिमको कप्तान हुँदा सम्मको घटनालाई भिडियोमा प्रस्तुत गरिएको छ ।
गीत सार्वजनिक भएपछि निर्देशक मिलन चाम्सले उक्त गीत खेलकुद क्षेत्रमा विशेष हुने विश्वास व्यक्त गरे । उनले भने, “यो गीत खेलकुद क्षेत्रको लागि एकदमै विशेष छ । अबदेखि हरेक खेल हुँदा स्टेडियममा यो गीत गुन्जिनुपर्छ । यो निकै ऊर्जाशील गीत हो, यसले राष्ट्र बोकेको छ, खेलाडी बोकेको छ, खेलकुद बोकेको छ । र, यो नेपालको लागि ‘स्पोर्ट्स एन्थम’ हो । एन्फाले नै यो गीतलाई ‘स्पोर्ट्स एन्थम’को लागि पहल गर्नुपर्छ ।”
गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ चौथो सातामा चलिरहेको छ । नेपालमा सुपरहिट साबित भइसकेको यस चलचित्रलाई हाल नेपालीहरूको बसोबास रहेको विभिन्न देशहरूमा पनि प्रदर्शन भइरहेको छ । चलचित्रमा एन्जिलासँगै दयाहाङ राई, सिर्जना सुब्बा, प्रेमकुमार श्रेष्ठ, सुनील थापा, विजय बराल, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ । खेल क्षेत्रबाट छुट्टै नाम र पहिचान बनाएकी अन्जिलाले चलचित्र क्षेत्रमा पनि पहिलो डेव्यु चलचित्रबाट नै हिट लिस्टमा नाम लेखाएकिछिन । आफ्नै जीवन कहानीको बायोपिकमा अभिन्य गरेकी अन्जिलाको अभिनयको चर्चा सर्वत्र छ । उनले गरेको जीवन्त अभिनयले अहिले सिनेमा हलमा दर्शकहरुको रुवावासी छ चलचित्र सफलताका साथ प्रदर्शन भैरहेको छ ।
यस चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन्, जो चलचित्रमा कलाकारको रूपमा समेत प्रस्तुत भएका छन् । श्रेष्ठलाई एन्जिलाले आफ्ना ‘गड फादर’को रूपमा लिने गरेकी छन् ।हालै एन्जिला केही समयको लागि नेपाल आएकी थिइन् र देशभरका दर्शकसँग प्रत्यक्ष भेटघाट गरेकी थिइन् । उनी ग्रिसको शीर्ष डिभिजन महिला फुटबल लिगमा निस एट्रोमिटौ क्लबबाट खेलिरहेकी छिन् र हाल पुनः ग्रिस फर्किएकी छिन् ।