गत फागुन २९ गतेबाट प्रदर्शनमा आएको चलचित्रले बलिवुड स्टार अभिनेत सलमान खान अभिनित हिन्दी चलचित्र सिकन्दर लाई पछि पारेको छ । प्रदर्शनको चौथो हप्तामा पनि सिकन्दर भन्दा उच्च शो हरुका साथ प्रदर्शनमा आईरहेको अञ्जिलाले रिलिजको पहिलो दिन भन्दा धेरै शो पाएको छ । ‘सिकन्दर’को समीक्षा र वर्ड अफ माउथ दुवै राम्रो नभएपछि त्यसको फाइदा ‘अञ्जिला’लाई भएको छ । शो संख्याका हिसाबले दोब्बरले ‘सिकन्दर’ अगाडि रहे पनि अग्रिम बुकिङ भने ‘अञ्जिला’को धेरै छ ।
चलचित्रमा एन्जिलासँगै दयाहाङ राई, सिर्जना सुब्बा, प्रेमकुमार श्रेष्ठ, सुनील थापा, विजय बराल, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ । खेल क्षेत्रबाट छुट्टै नाम र पहिचान बनाएकी अन्जिलाले चलचित्र क्षेत्रमा पनि पहिलो डेव्यु चलचित्रबाट नै हिट लिस्टमा नाम लेखाएकिछिन । आफ्नै जीवन कहानीको बायोपिकमा अभिन्य गरेकी अन्जिलाको अभिनयको चर्चा सर्वत्र छ । उनले गरेको जीवन्त अभिनयले अहिले सिनेमा हलमा दर्शकहरुको रुवावासी छ चलचित्र सफलताका साथ प्रदर्शन भैरहेको छ ।