Wednesday, February 18, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘बसन्त’वहिष्कारको खास कारण कामी र बाहुनीको प्रेमकथा हो । – निर्देशक लामा

तर मेरो विचारमा ओली त बहाना मात्र हो, वहिष्कारको खास कारण चाहिँ कामी र बाहुनीको प्रेमकथा हो ।

हंगामा खबर by हंगामा खबर
२०८१ चैत्र २६ गते २३:०४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘बसन्त’वहिष्कारको खास कारण कामी र बाहुनीको प्रेमकथा हो । – निर्देशक लामा
100
SHARES
Share on FacebookShare on Twitter

चलचित्र समिक्षक तथा निर्देशक दीपेन्द्र लामाले अहिले प्रदर्शनरत चलचित्र ‘बसन्त’ को बारेमा बोलेका छन । लामाले आफ्नो अफिसियल फेसबुकमा चलचित्र ‘बसन्त’ को बारेमा लेखेका छन । ट्रेलर रिलिजकै समय पनि निर्देशक लामाले बसन्त को बारेमा लेखेका थिए । उनले ट्रेलर शेयर गर्दै समाजमा जातीय विभेदको अस्तित्व रहेसम्म यस्तो कथा भनिरहनुपर्छ । प्रकाश सपूतले सधैं जातको कुरा गर्छ भनेर टिकाटिप्पणी गर्नु भनेको हिजो दबाइएका आवाजलाई आज पनि दबाउने प्रयास गर्नु हो । कलाकारहरु सधैं यसैगरी उत्पीडित तथा अधिकारविहीनको पक्षमा उभिनुपर्नेमा जोड दिएका थिए ।

‘बसन्त’ निर्माण घोषणा देखिनै चर्चामा आएको थियो । गीत संगीत र मोडलिङ बाट छुट्टै पहिचान बनाएका गायक तथा नायक प्रकाश सपुत को डेब्यु निर्देशन रहेको चलचित्र ‘बसन्त’ एक उत्कृष्ट सिर्जना बन्ने सबैमा आशा थियो । अरुले भन्दा छुट्टै केही फरक गर्न खोज्ने सपुतले चलचित्र निर्माण घोषणा पनि फरक तरिकाले अर्थात चलचित्रका कलाकारहरुलाई कास्ट गर्न भिडियो प्रदर्शन गरेका थिए । उक्त भिडियो मार्फत चलचित्र घोषणा गरेका सपुतले चलचित्रका केही मुख्य पात्रलाई भिडियोमा प्रस्तुत गरे । बसन्त निर्माणको घोषणा संगै सबै चलचित्र दर्शकमा निकै उत्साह र प्रतिक्षा बढेको थियो ।

टिजर रिलिज , ट्रेलर रिलिज गीत सबै सार्वजनिक गर्दै जादा दर्शकको साथ पाउदै गरेको चलचित्र ‘बसन्त’ झनै प्रतिक्षित बन्दै गयो । दर्शकको प्रतिक्षित बन्दै गएको चलचित्रले धेरै भन्दा धेरै शोज र सेन्सरमा पनि कतै कैची नचलेको चलचित्र बन्यो ‘बसन्त’ । तर रिलिज ताका आएर निर्देशक सपुतले देशका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको एक कार्यक्रममा प्रधानमन्त्रीको प्रशन्सा गरेको भन्दै निकै आलोचना खेपेका सपुत सामाजिक संजालमा बहिस्कार सम्मको अभियान चल्दा  निकै निरास बनेका सपुतको सपोर्टमा चलचित्रकर्मी संघ संस्थाले साथको अनुभुती दिलाउने पोस्ट गर्नु त कहाँ हो कहाँ चुइक्क एक शब्द नि बोलेनन ।

ADVERTISEMENT

तर पछील्लो समय सफल चलचित्रहरु दिएका निर्देशक तथा समिक्षक दीपेन्द्र लामाले भने प्रकाशलाई अनी नेपाली चलचित्रमा उदाइदै गरेको एक नक्षेत्रको पक्षमा खुलेर स्माजिक संजालला पोस्ट गरेका छन । निर्देशक लामाले बसन्त को बारेमा आफ्नो फेसबुक पेजमा लेखेको पोस्ट जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।

चलचित्र एउटा पपुलर मिडिया हो । अरु मिडियाजस्तै यो पनि लोकतान्त्रिक हुनुपर्छ । यसमा पुरानाले मात्र होइन नयाँ अनुहारले पनि स्पेस पाउनुपर्छ । नयाँ विचार पनि उम्रिन मिल्नेसम्मको मलिलो हुनुपर्छ यसको माटो । माथिल्लो वर्गमात्र होइन हरेक वर्ग र तप्कालाई प्रतिनिधित्व गर्ने आवाज मुखरित हुनुपर्छ । यसकारण ‘वसन्त’ले चलचित्र विधालाई लोकतान्त्रिक बनाउन एउटा इँट्टा थप्ने काम गरेको छ ।
प्रकाश सपूतले ओलीको प्रशंसा गर्‍यो, त्यसैले ‘वसन्त’लाई ‘वहिष्कार गरौं’ भन्ने ट्रेन्ड पनि देखियो । तर मेरो विचारमा ओली त बहाना मात्र हो, वहिष्कारको खास कारण चाहिँ कामी र बाहुनीको प्रेमकथा हो ।

यो साल यसअघि दुई गैरदलित चलचित्रकर्मीले क्रमशः ‘पूजार सार्की’ र ‘पूर्णबहादुरको सारंगी’ चलचित्र बनाए । ती चलचित्रले विरोध खेपेनन् र बक्सअफिसमा सफल पनि भए । तर, ‘वसन्त’माथिको आक्रमणले के देखाउँछ भने दलितको कथा भन्ने र देखाउने छुट दलितलाई नै छैन ।अर्को टिठलाग्दो प्रसंग पनि छ । एउटा गीतमा जिजस र बाइबल शब्द समेटेकै कारण धेरैले प्रकाश सपूतलाई ‘क्रिस्चियनको दलाल’ भनेर खेदो पनि खनेका छन् । गीतको विरोध गर्नेहरुलाई म सोध्न चाहन्छु, बहुधार्मिक र धर्मनिरपेक्ष देशका नागरिकहरुको चरित्र यही हो ? तपाईंहरु कहिले ब्युँझिने ?’वसन्त’को समीक्षा स्वतन्त्र समीक्षकहरुले गरिरहेकै छन्, गर्ने नै छन् । चलचित्र राम्रो नराम्रो भन्ने अधिकार सबैलाई छ । तर हेर्दै-नहेरी निरंकुश मानसिकताले ग्रसित भई एक सर्जकको घाँटी रेट्ने काम नगरौं ।नबिर्सौं, २०८१ सालको भव्य स्वागत गर्ने ‘बोक्सीको घर’मा प्रकाश सपूतको ठूलो योगदान थियो । ८१ को अन्त्यमा ‘वसन्त’ ल्याएका प्रकाश सपूतलाई ह्यापी इन्डिङ मिलोस् । शुभकामना !

 

Previous Post

‘अन्जिला’ को साडे ४ मिनेटको गीतमा अन्जिलाको संघर्ष र सफलताको कथा समेटियो

Next Post

एसईई दिएका किशोरी लक्षित ‘मिस एसईई इटहरी’को अडिसन बैशाख पहिलो साता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist