चलचित्र समिक्षक तथा निर्देशक दीपेन्द्र लामाले अहिले प्रदर्शनरत चलचित्र ‘बसन्त’ को बारेमा बोलेका छन । लामाले आफ्नो अफिसियल फेसबुकमा चलचित्र ‘बसन्त’ को बारेमा लेखेका छन । ट्रेलर रिलिजकै समय पनि निर्देशक लामाले बसन्त को बारेमा लेखेका थिए । उनले ट्रेलर शेयर गर्दै समाजमा जातीय विभेदको अस्तित्व रहेसम्म यस्तो कथा भनिरहनुपर्छ । प्रकाश सपूतले सधैं जातको कुरा गर्छ भनेर टिकाटिप्पणी गर्नु भनेको हिजो दबाइएका आवाजलाई आज पनि दबाउने प्रयास गर्नु हो । कलाकारहरु सधैं यसैगरी उत्पीडित तथा अधिकारविहीनको पक्षमा उभिनुपर्नेमा जोड दिएका थिए ।
‘बसन्त’ निर्माण घोषणा देखिनै चर्चामा आएको थियो । गीत संगीत र मोडलिङ बाट छुट्टै पहिचान बनाएका गायक तथा नायक प्रकाश सपुत को डेब्यु निर्देशन रहेको चलचित्र ‘बसन्त’ एक उत्कृष्ट सिर्जना बन्ने सबैमा आशा थियो । अरुले भन्दा छुट्टै केही फरक गर्न खोज्ने सपुतले चलचित्र निर्माण घोषणा पनि फरक तरिकाले अर्थात चलचित्रका कलाकारहरुलाई कास्ट गर्न भिडियो प्रदर्शन गरेका थिए । उक्त भिडियो मार्फत चलचित्र घोषणा गरेका सपुतले चलचित्रका केही मुख्य पात्रलाई भिडियोमा प्रस्तुत गरे । बसन्त निर्माणको घोषणा संगै सबै चलचित्र दर्शकमा निकै उत्साह र प्रतिक्षा बढेको थियो ।
टिजर रिलिज , ट्रेलर रिलिज गीत सबै सार्वजनिक गर्दै जादा दर्शकको साथ पाउदै गरेको चलचित्र ‘बसन्त’ झनै प्रतिक्षित बन्दै गयो । दर्शकको प्रतिक्षित बन्दै गएको चलचित्रले धेरै भन्दा धेरै शोज र सेन्सरमा पनि कतै कैची नचलेको चलचित्र बन्यो ‘बसन्त’ । तर रिलिज ताका आएर निर्देशक सपुतले देशका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको एक कार्यक्रममा प्रधानमन्त्रीको प्रशन्सा गरेको भन्दै निकै आलोचना खेपेका सपुत सामाजिक संजालमा बहिस्कार सम्मको अभियान चल्दा निकै निरास बनेका सपुतको सपोर्टमा चलचित्रकर्मी संघ संस्थाले साथको अनुभुती दिलाउने पोस्ट गर्नु त कहाँ हो कहाँ चुइक्क एक शब्द नि बोलेनन ।
तर पछील्लो समय सफल चलचित्रहरु दिएका निर्देशक तथा समिक्षक दीपेन्द्र लामाले भने प्रकाशलाई अनी नेपाली चलचित्रमा उदाइदै गरेको एक नक्षेत्रको पक्षमा खुलेर स्माजिक संजालला पोस्ट गरेका छन । निर्देशक लामाले बसन्त को बारेमा आफ्नो फेसबुक पेजमा लेखेको पोस्ट जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।
चलचित्र एउटा पपुलर मिडिया हो । अरु मिडियाजस्तै यो पनि लोकतान्त्रिक हुनुपर्छ । यसमा पुरानाले मात्र होइन नयाँ अनुहारले पनि स्पेस पाउनुपर्छ । नयाँ विचार पनि उम्रिन मिल्नेसम्मको मलिलो हुनुपर्छ यसको माटो । माथिल्लो वर्गमात्र होइन हरेक वर्ग र तप्कालाई प्रतिनिधित्व गर्ने आवाज मुखरित हुनुपर्छ । यसकारण ‘वसन्त’ले चलचित्र विधालाई लोकतान्त्रिक बनाउन एउटा इँट्टा थप्ने काम गरेको छ ।
प्रकाश सपूतले ओलीको प्रशंसा गर्यो, त्यसैले ‘वसन्त’लाई ‘वहिष्कार गरौं’ भन्ने ट्रेन्ड पनि देखियो । तर मेरो विचारमा ओली त बहाना मात्र हो, वहिष्कारको खास कारण चाहिँ कामी र बाहुनीको प्रेमकथा हो ।यो साल यसअघि दुई गैरदलित चलचित्रकर्मीले क्रमशः ‘पूजार सार्की’ र ‘पूर्णबहादुरको सारंगी’ चलचित्र बनाए । ती चलचित्रले विरोध खेपेनन् र बक्सअफिसमा सफल पनि भए । तर, ‘वसन्त’माथिको आक्रमणले के देखाउँछ भने दलितको कथा भन्ने र देखाउने छुट दलितलाई नै छैन ।अर्को टिठलाग्दो प्रसंग पनि छ । एउटा गीतमा जिजस र बाइबल शब्द समेटेकै कारण धेरैले प्रकाश सपूतलाई ‘क्रिस्चियनको दलाल’ भनेर खेदो पनि खनेका छन् । गीतको विरोध गर्नेहरुलाई म सोध्न चाहन्छु, बहुधार्मिक र धर्मनिरपेक्ष देशका नागरिकहरुको चरित्र यही हो ? तपाईंहरु कहिले ब्युँझिने ?’वसन्त’को समीक्षा स्वतन्त्र समीक्षकहरुले गरिरहेकै छन्, गर्ने नै छन् । चलचित्र राम्रो नराम्रो भन्ने अधिकार सबैलाई छ । तर हेर्दै-नहेरी निरंकुश मानसिकताले ग्रसित भई एक सर्जकको घाँटी रेट्ने काम नगरौं ।नबिर्सौं, २०८१ सालको भव्य स्वागत गर्ने ‘बोक्सीको घर’मा प्रकाश सपूतको ठूलो योगदान थियो । ८१ को अन्त्यमा ‘वसन्त’ ल्याएका प्रकाश सपूतलाई ह्यापी इन्डिङ मिलोस् । शुभकामना !