गत फागुन २९ गतेबाट प्रद्रशनमा आएको चलचित्र ‘अन्जिला’ ले पाएको शो हरु हाउसफुल हुन थालेपछी देशैभरीका सिनेमाहलहरुले शो थपेकाछन । शो थप्ने क्रममा धरानमा मात्र ४ शो भएको छ । प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको उल्लेख्य उपस्थिति रहेको यो चलचित्रले हलहरूमा दैनिक शो सङ्ख्या वृद्धि गर्दै लोकप्रियताको नयाँ उचाइ छोएको छ ।वितरक करण श्रेष्ठका अनुसार, चलचित्रले प्रदर्शनको पहिलो दिन १०५ शोबाट यात्रा सुरु गरेको थियो ।
दर्शकको बढ्दो मागसँगै शुक्रवार ११४, शनिवार १३४ र मङ्गलवारसम्म आइपुग्दा १७० भन्दा बढी शो पाएको छ । यो तथ्याङ्कले चलचित्रप्रति दर्शकको सकारात्मक प्रतिक्रिया र उच्च मागलाई स्पष्ट पारेको छ । प्रारम्भिक दिनदेखि नै सकारात्मक प्रतिक्रियाका कारण, चलचित्रले थप शोहरू प्राप्त गरेको निर्देशक मिलन चाम्सले बताए ।चलचित्रले पहिलो तीन दिनमा २ करोड ७ लाख रुपैयाँको व्यापार गरेको रिपोर्ट निर्माताले सार्वजनिक गरिसकेका छन् ।
पहिलो शनिवार देशभरका सम्पूर्ण शोहरू हाउसफुल भई नयाँ शोहरू समेत थपिएको थियो र थपिएका शोहरु समेत तुरुन्तै हाउसफुल भइरहेको निर्देशकले बताएका थिए । ।चलचित्रको प्रमुख अभिनेत्री अन्जिला तुम्बापो एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्र ‘अन्जिला’ ले अन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा पेश गर्नेछ । जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको जानकारी निर्माण टिमले दिएको छ ।
चलचित्रमा अन्जिला संगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तान गोल किपर अन्जिला तुम्वापो सुब्बाको जीवनीमा आधारित वायोपिक चलचित्र ‘अन्जिला’ यतीबेला देशभरका सिनेमाहल हरुमा भव्य प्रदर्शन भैरहेको छ । चलचित्रलाई दर्शकहरुले अत्यधिक रुचाएकाछन । अन्जिलाको जिवन संघर्ष र सफलतालाई सफल निर्देशक मिलन चाम्सले चलचित्रको पर्दामा गज्जबले प्रस्तुत गरेकाछन ।