३२ वर्षअघि चर्चित डकु-ड्रामा ‘उजेली’ र चर्चित कार्टुन मुमिन निर्देशन गरेका दीपेन्द्र गौचनको निर्माण र निर्देशन् रहेको चलचित्र ‘मिसिङ : केटी हराएको सुचनाको ट्रेलर गज्जब देखिएको छ । कलाकार बुद्दी तमाङले न्यरेशन गरेको ट्रेलर गज्जब तरिकाले प्रस्तुत गरिएको छ । सामाजिक सञ्जालमा डेटिङ एप भेटिएका नाजिर र सृष्टिको प्रेमिल यात्रालाई गज्जबले प्रस्तुत गरिएको छ । ट्रेलर बुझ्न सजिलो होस् भन्ने हेतुले पनि कलाकार बुद्दी तमाङको न्यारेशनले झन कौतुहलता जगाएको छ । चलचित्रमा नजिर र सृष्टिको प्रेम सम्बन्ध उतार चढावलाई निर्देशकले गज्जबले प्रस्तुत गरेका छन ।
माघ ११ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ । ट्रेलरले पहाडी र मधेशीबीचको मेलमिलापको कथा खोज्दै दुई फरक समुदायका पात्रहरूको यात्रामा आइपर्ने चुनौती र उतारचढावलाई केन्द्रमा राखेको छ । फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको समेत अभिनय रहेको छ । नाम सुन्दा चलचित्र को कथा सजिलै अनुमान लगाउन सकिएपनी सोचे जस्तो सजिलै कथा बस्तु गरिएको छैन । चलचित्रको सस्पेन्स पाटो निकै उत्कृष्ट छ ।