गत असार २८ गतेबाट नेपालमा प्रदर्शन भैरहेको चलचित्र आज शुक्रबारबाट ५ औं हप्तामा प्रवेश गरेको चलचित्र ‘घरज्वाइँ’ लिएर अभिनेत्री मिरुना मगर जापान जाने भएकी छन् । अगस्ट ११ तारिख आइतबार राजधानी टोकियोमा प्रदर्शन हुन लागेको सिनेमा ‘घरज्वाइँ’को प्रदर्शनमा सहभागी हुन उनी जापान जान लागेकी हुन् ।नेपाल मगर संघ जापानको आयोजनामा ‘घरज्वाइँ’ जापानभर प्रदर्शन हुनेछ । अगस्ट ११ तारिखमा टोकियो, १४ तारिखमा नागोया र ओसाका सहरमा एकै चोटी सिनेमाको शो हुनेछ । सिजुओका, फुकुओका, क्योटो, हिरोसिमा, ओकिनावा लगायतका सहरमा पनि ‘घरज्वाइँ’ प्रदर्शन हुनेछ । करीब दुई लाख नेपाली रहेको जापानमा मिरुना मगरलाई पनि चाहिन्छ भन्ने नेपाली दर्शकहरुको मागलाई सम्बोधन सोरुप उनलाई निमन्त्रणा गरिएको संघका अध्यक्ष रामहरी खपाङ्गी मगरले बताए । जापानका लागी नेपाली राजदुत दुर्गा बहादुर सुवेदीको सपरिवार उपस्थित हुने शोमा एनआरएनए लगायत विभिन्न संघसंस्थाको उपस्थिति रहने जानकारी नेपाल मगर संघ जापानले दिएको छ ।अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ ।