Sunday, November 2, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

तल्लो पेट के हो ? तल्लो पेट दुखिरहन्छ, कारण के हुनसक्छ ?

महिलाको तल्लो पेट दुख्ने समस्या किन हुन्छ ? यो प्रश्नको उत्तर खोज्नुअघि ‘तल्लो पेट’बारे जान्न जरुरी हुन्छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ साउन २५ गते १५:५४ बजे प्रकाशित
in FEATURE, स्वास्थ्य
0
तल्लो पेट के हो ? तल्लो पेट दुखिरहन्छ, कारण के हुनसक्छ ?
51
SHARES
Share on FacebookShare on Twitter
डा. बालकृष्ण साह
डा. बालकृष्ण साह

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

 

यो थुप्रै महिलाको साझा प्रश्न हो । महिलाको तल्लो पेट दुख्ने समस्या किन हुन्छ ? यो प्रश्नको उत्तर खोज्नुअघि ‘तल्लो पेट’बारे जान्न जरुरी हुन्छ ।महिलाको तल्लो पेटमा प्रजनन् स्वास्थ्यका अंगहरु हुन्छन् । जस्तो पाठेघर, अण्डाशय, अण्डाविहीन नली, पिसाबथैली, ठूलो आन्द्रा, एपेन्डिक्स आदि । यी अंगहरुमध्ये कुनैपनि एक अंगमा समस्या भएमा तल्लो पेट दुखेको महसुस हुन्छ । त्यो दुखाइ तीव्र वा मन्द हुनसक्छ । वा कतिपय अवस्थामा हल्का महसुस मात्र हुनसक्छ । असहज लागिरहन्छ तर कहाँ दुखेको वा के दुखेको भनेर भेउ पाउन सकिरहेका हुँदैनन् ।

तल्लो पेट के हो ?
तल्लो पेट र माथिल्लो पेट भनेको के हो भनी ठ्याक्कै छुट्याउन गाह्रो छ । सामान्यत नाइटोभन्दा माथिको भागलाई पेट र त्यसभन्दा मुनिको भागलाई तल्लो पेट भनी बुझ्ने गरिन्छ । यद्यपि विशेषगरी प्रजनन् स्वास्थ्यसँग सम्बन्धित अंगहरुको क्षेत्रलाई तल्लो पेट भनिन्छ । सायद त्यसैले होला, पुरुषहरुमा तल्लो पेट भन्ने प्रचलन छैन ।

तल्लो पेट के–के कारणले दुख्न सक्छ ?

तल्लो पेट दुख्नुमा एउटा मात्र कारण हुँदैन । महिलाको प्रजनन् अंगमध्ये कुनै एकमा समस्या छ भने दुखाइ महसुस हुन्छ । यस्तो दुखाइ कतिपय अवस्थामा सामान्य हुनसक्छ, जो उपचार नगरी आफैं निको हुन्छ । तर कहिलेकाहीं गम्भीर समस्याको लक्षण पनि हुनसक्छ ।जस्तो- महिनावारीको बेला पनि तल्लो पेट दुख्छ । महिनावारी चक्र सुरु हुनु केही दिनअघि सो क्रममा र पछि दुख्न सक्छ । यो सामान्य हो । यस्तै डिम्ब उत्पादन हुँदा पनि तल्लो पेट दुख्ने गर्छ । त्यसबाहेक पिसाबको संक्रमण, यौनाङ्गको संक्रमणमा तल्लो पेट दुखेको अनुभव हुन्छ । यी सामान्य अवस्थामा मान्न सकिन्छ । उपचारपछि सहजै ठीक हुन्छ तर कहिलेकाहीं अण्डाशय लगायतमा क्यान्सर भएमा पनि तल्लो पेट दुख्ने गर्छ । त्यसैले दुखाइको आधारमा त्यो सामान्य हो वा जटिल भन्न सकिंदैन ।दुखाइ कस्तो छ ? यसका किसिम अनि यसका इन्टेसिटी, फ्रिक्वेन्सी, एसासिएसनको आधारमा थप परीक्षणपछि मात्र भन्न सकिन्छ ।

अब के गर्ने त ?

निरन्तर तल्लो पेटको दुखाइ मात्रले केही पनि भन्न सकिंदैन । निरन्तर कति महिना वा वर्ष भयो दुखेको ? दुखाइसँगै रक्तश्राव छ कि छैन, सेतो पानी बग्छ कि बग्दैन ? ढाड पनि दुख्छ कि ? यी कुराहरुको आधारमा स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । त्यसैले यसमा आत्तिने भन्दा पनि स्वास्थ्य परीक्षणपछि उपचार गराउनु सही हुन्छ ।

यस्तो अवस्थामा के कस्ता स्वास्थ्य जाँच गर्ने त ?

यस अवस्थामा पहिलो चिकित्सकले पेट हेर्ने, पेट थिचेर जाँच्ने, योनीमार्ग हेर्ने वा औजार प्रयोग गरेर पाठेघरको मुख हेर्ने, अल्ट्रासाउन्ड (भिडियो एक्स-रे) गर्ने लगायत आवश्यकता अनुसार धेरै रगत, पिसाब वा पानीको परीक्षण गर्नुपर्ने हुनसक्छ । हरेक पेट दुखाइलाई सबै परीक्षण गर्नुपर्छ भन्ने छैन । बिरामीको परीक्षण गरिसकेपछि चिकित्सकलाई आवश्यक लागेको परीक्षण चिकित्सकले सुझाउन सक्छ ।

ADVERTISEMENT
Previous Post

‘घरज्वाइँ’ लिएर नायिका मिरुना मगर जापान जाने

Next Post

चलचित्र ‘रावायण’ को पोस्टरमा पल र पूजाको रहस्यमय लुक्स

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist