यही बर्ष २०८१ को छेको पारेर चैत्र ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘डिग्री माइला’ सम्बन्धित रहेर निर्माण टिमले ५ वटा प्रश्न सोधेको छ । ति ५ प्रश्नहरु रिलिज को तयारीमा रहेको ‘डिग्री माइला’ बारेमा मात्र सोधिएको छ । सोधिएको ५ प्रश्नको सहि जवाफ दिए निर्माण टिमले निशुल्क टिकट उपलब्ध गराउने फिल्मका कार्यकारी निर्माता मनिराम पोखरेलले जानकारी दिए । फिल्म हेर्नु जानु अघी फिल्मको बारेमा केही जानकारी र फिल्मबारे दर्शकमा कौतुहलता बढोस भन्ने हेतुले हाजिरी जवाफ प्रतियोगीता गरिएको पोखरेलको भनाइ छ । बर्ष २०८१ को बहुप्रतिक्षित चलचित्र ‘‘डिग्री माइला’ यही चैत्र ३० गतेबाट प्रदर्शनमा आउँदैछ । ‘डिग्री माइला’ चैत्र नेपालमा मात्र हैन बिदेशका केही राष्ट्रहरुमा पनि प्रदर्शनमा आउँदैछ । ‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात् अप्रिल १२ देखि नै रिलिज हुने निर्माण टिमले जनाएको छ ।
बासुरी फिल्मसले यो पटक पुर्वको एक गाउको कथालाई अझ भनु गाउको एक माइला जस्ले डीग्री पास गरेका छन उनैको कथालाई फिल्म ‘डीग्री माइला’मा उतारेको छ । दयाहाङ राई चलचित्रका मुख्य पात्र हुन । उनी डिग्री पास गरेर गाउ छिरेपछीको कथालाई फिल्ममा उतारिएको कुरा आज रिलिज भएको ट्रेलरले स्पस्ट पारेको छ । ओखलढुङगाकै एक +२ कलेज स्कुलमा अंग्रेजी बिषय पढाउने शिक्षकको अभाव हुँदा बिधार्थीहरु परिक्षा लेख्न बन्चित हुने अवस्थामा पुगेको बेला +२ क्याम्पस जोगाउन अंग्रेजी बिषय पढाउने शिक्षक खोजिरहेको बेला गाउमा दयाको इन्ट्री हुँदा आउन उतार चढावलाई फिल्मले गज्जबले प्र्स्तुत गर्ने अनुमान लगाउन सकिन्छ । ट्रेलरमा एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ । तर दयाले गाउले हरुको अपेक्षा सपनालाई उपेक्षा गरेको ट्रेलरमा स्पस्ट देखाइएको छ ।नेपाली चलचित्र निर्माण गर्ने चर्चित व्यानर बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिग्री माइला’ थर्ड क्लास’ रामबाबु गुरुङले निर्देशन गरेकाछन ।