पछील्लो समय निकै चर्चामा रहेको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गोर्खा वारीयर’ मा करिब ६०-७० प्रतिशत कथा धरानकै रहेको निर्देशक मिलन चाम्सले बताएका छन । यही फागुन १५ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोर्खा वारीयर’ को बारेमा जानकारी दिन आज मङगलबार आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै निर्देशक चाम्सले यस्तो बताएका हुन । चाम्सले धरान लाहुरे हरुको शहर भएकोले ‘गोर्खा वारियर’ को ग्राण्ड प्रिमियर धरानमा आयोजना गर्न लागिएको बताए । ग्राण्ड प्रिमियर यही फागुन ५ गते आयोजना हुने उनले बताए । बेलायतपछी नेपालमै पहिलोपटक धरानमा ग्राण्ड प्रिमियर गर्न लागिएको उनले बताए । बिशेषगरी नेपाली चलचित्रका लागि ऐतिहासिक क्षणमा अन्तर्राष्ट्रिय चलचित्र ‘गोरखा वारियर’ ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा) अवार्डका लागि छनोट हुनुनै हो । बाफ्टा मा चलचित्र को मान्यता, ओस्कार पछि विश्वव्यापी रूपमा सबैभन्दा प्रतिष्ठित पुरस्कार मध्ये एक मानिन्छ, नेपाली चलचित्र इतिहास मा एक महत्वपूर्ण कोसेढुङ्गा सावित गर्यो ‘गोर्खा वारीयर’ ले ।
चाम्सले नेपाली चलचित्र ईतिहासमा सबैभन्दा महँगो बजेटमा निर्माण भएको, टप टप हलिवुड चलचित्रहरुमात्र प्रिमियर हुने लण्डनको लेस्टर स्क्वाएरमा प्रिमियर गरिएको, आइम्याक्स फर्म्याटमा निर्माण भएको,बेलायतका हाइ प्रोफाइलका व्यक्तित्वहरुको उपस्थिती, बेलायतका प्रधानमन्त्रीले सम्बोधन गरेर शुभकामना पठाएको पहिलो चलचित्र,कोरियन कम्पनीले ७ बर्षको लागी वर्ल्डवाइड सेलिङ राइट्स लिएको अमेरिकन कम्पनीले वर्ल्डवेट वितरण गर्न लागेको ऐतिहासिक चलचित्र भएकोले हेर्नै पर्ने चलचित्र बनेको चाम्सले दावी गरे ।
‘गोर्खा वारीयर’ को धरान प्रिमियरमा सम्पूर्ण कलाकारहरु धरान आउने छन । प्रिमियर शो को दिन कलाकारहरु सहित बिभिन्न जातिय झाकी हरु सहित् नगर परिक्रमा गरीने फिल्म निर्माण टिमले जनाएकोछ । दोस्रो विश्वयुद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरूको सङ्घर्षको कथा बोल्ने ‘गोर्खा वारियर’ बाट रितेश चाम्सले डेब्यू गरेका छन् ।अभिनेता चाम्सले भने मैले युद्धका क्रममा भोगेका भोगाइ नै कथा व्यथा यसमा प्रस्तुती करण गरेको छु। उनले भने पुन “सैनिक जीवनमा फर्कने मौका पाएको छु” सेनामा काम गरेको समय भन्दा अभिनयको क्रममा झनै उत्साहित रहेको बताए । अभिनेता चाम्सले लण्डनको सो पछी चलचित्र हेरेका गोर्खा सैनिकले आफुलाई दिएको प्रतिक्रियाले झनै उत्साहित रहेको बताए ।
चलचित्रमा रितेशसँगै विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ । नेपाली चलचित्र इतिहासमा एक पछी अर्को रेकर्ड राख्दै आएको नेपाली कथानक चलचित्र ‘गोर्खा वारीयर’ अब नेपालका दर्शकहरुले पनि हेर्न पाउने भएका छन । चाम्सले यो फिल्मलाई नेपालीसहित हिन्दी, अंग्रेजी र कोरियाली भाषामा रिलिज गर्दैछन् । फिल्म यही फागुन ११ गते देशभरका सिनेमाहलहरुमा एकसाथ प्रदर्शनमा आउँदैछ ।