दोश्रो विश्वयुद्ध लडेर वीरगति प्राप्त गरेका गोर्खालीहरुको सम्मानमा गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगिता हुने भएको छ । गत साल झै यो वर्ष पनि ट्रष्टले अप्रील ५ पुर्खा दिवसको अवसरमा आफ्नो कार्यक्रमलाई निरन्तरता दिदै यहि चैत्र ३ गते शनिवार दोस्रो गोर्खा ट्रेल ब्लेजर रन तथा सम्मान कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी गराए । यो वर्ष पनि रत्न चौक देखि गोर्खा स्मृिति पार्क सम्म ८.५ किलोमिटर दौड प्रतियोगिता र दोस्रो विश्व युद्ध लडेका जिवित योद्धाहरुलाई सम्मान कार्यकम रहेको छ । यस पटक झापा जिल्ला निवासी १०३ वर्षका आर्मी न. २११३७८२५ 1st GR का डम्वरध्वज लिम्वु, भोजपुर जिल्ला निवासी १०१ वर्षका आर्मी न. १०७०९८ १४/ 10 GR का इन्द्रवहादुर राई, तेह्रथुम निवासी वमवहादुर निलेखुङ लिम्बु र खोटाङ्ग जिल्ला जन्तेढुङ्गाका ९९ वर्षिय डम्बरसिंह सुप्तीहाङ्ग राईलाई सम्मान गर्ने कार्यक्रम रहेको ट्रस्टका अध्यक्ष महेन्द्र कुमार राईले जानकारी दिए ।
गतसाल गोर्खा ट्रेल ब्लेजर रन संगै तेह्रथुम निवासी १०२ वर्षका आर्मी न. १०९२१४० 10 GRका पुर्व ब्रिटिस आर्मी धनदलसिंह लिम्वु, धनकुटा जिल्ला निवासी १०१ वर्षका आर्मी न. १५९२१ 1st GR का पुर्व ब्रिटिस आर्मी माघवहादुर लिम्बु, ओखलढुङ्गा जिल्ला निवासी १०२ वर्षका आर्मी न. २११४१६४६ 10 GR का पूर्व ब्रिटिस आर्मी धनसिंह राई र झापा जिल्ला निवासी आर्मी न. २११४८७८६ क्पाप्टेन भिसि रामवहादुर लिम्बुलाई सम्मान गरिएको थियो ।
विश्व शान्तीको लागि प्रथम, दोस्रो र विभिन्न युद्धहरुमा शहिद हुनु भएका वीर गोर्खालीहरुको सम्मान र सम्झनामा विविध कार्यहरु गर्नलाई ई. सं. २००६ मा हङकङमा गोर्खा सिमेट्रीज ट्रष्टको स्थापना भएको हो । नेपालमा ई. सं. २०१८ मा गोर्खा सिमेट्रीज दृष्ट नेपालको स्थापना भएको हो । अप्रील ५ लाई पुर्खा दिवस मान्दै आएका दृष्टले स्थापनाकाल देखि नै पुर्खा दिवसको अवसरमा पुर्खाहरुको संझनामा साहित्यिक गोष्ठि, सम्मान कार्यक्रम संगै २०२३ देखि भने धरानमा धरान १८ वडा कार्यलयको सहकार्यमा गोर्खा ट्रेल ब्लेजर रनको सुरुवात गरिएको अध्यक्ष राइले जानकारी दिए । ट्रष्टले दोस्रो विश्व युद्धमा सहिद भएका योद्धाहरुको सम्झनामा हरेक वर्ष अप्रील ५ लाई पुर्खा दिवसको रुपमा मनाउदै आइरहेको छ ।
गोर्खा ट्रष्ट हङ्गकङ्गले समेत विविध कार्यक्रमहरुमा गोर्खा ट्रेल ब्लेजर दौड प्रतियागिता गराउदै आएको छ ।दौड प्रतियोगितामा करिव ५ सय जनाले सहभागिता जनाउनेछ । दौडमा सहभागिताका लागि सहभागिहरुलाई फर्म शुल्क ३ सय ५० रुपैया तोकिएको छ । प्रतियोगिताका महिला पुरुष विजेता तथा उपविजेताले जनहि १५ हजार रुपैया, १० हजार र हजार र ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने राईले जानकारी दिए । सहभागीहरुलाई टिसर्ट, मेडल, प्रमाणपत्र पनि दिइनेछ । रत्नचोकबाट शुरु हुने दौडको समापन गोर्खा स्मृति पार्कमा हुनेछ ।