यस बर्षकै प्रतिक्षित चलचित्र ‘हात्तीछाप’ यही माघ २६ गतेदेखी प्रदर्शनमा आउँदैछ । ‘हात्ती छाप’ को टिम अहिले प्रचारमा व्यस्त छ । प्रचारको क्रममा टिमले गज्जबको उपाय अपनाएकोछ । टिमले ‘हात्ती छाप’ को प्रचारप्रसारको लागी गज्जबको उपाय अपनाएकोछ । फिल्म प्रचार संगै सामाजिक सेवामा योगदान गर्ने उद्देश्यले हिजो काठमाण्डौ मा बृहत स्वास्थ्य शिविर आयोजना गरेकोछ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आयोजित बृहत स्वास्थ्य शिविरमा औषधि वितरणसँगै स्वास्थ्य सेवा पनि प्रदान गरिएको जनाइएको छ । टिचिङ अस्पतालबाट ५० जना भन्दा बडी डाक्टरहरुद्वारा ७०० भन्दा बढीले उपचार सेवा लिएको र ४९ जना चिकित्सकले स्वास्थ्य परीक्षण गरेको निर्माताद्वारा प्रेषित विवरणमा उल्लेख छ । शिवीर कै क्रममा १५ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरेको निर्माता किरण नेपालीले जानकारी दिए ।जटिल रोगका बिरामीलाई त्रिवि शिक्षण अस्पतालमा सहजीकरण समेत गरिने निर्माता नेपालीले जानकारी दिए । माघको १३ गते लायन्स क्लबसँगको सहकार्यमा सातदोबाटोमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।


फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।प्रदीप भारद्वाजको लेखनमा तयार भएको फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।फिल्मका प्रोडक्शन हेड सुरज आचार्य हुन् । पुष्कर गुरुङ, अमला देवी राई र जय श्रेष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । रेड बर्ड प्रोडक्शनको व्यानरमा यो फिल्म निर्माण भएको हो ।माघको २६ गतेबाट देसभर एकसाथ प्रदर्शनमा आउँदैछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।