लामो समयदेखी चिकित्सक कर्मचारीको बढुवाको विषयलाई लिएर लामो समयदेखि बन्द रहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार सेवा नियमित हुन थालेको छ । अदालतको आदेश र नागरिक दवाव पछि चिकित्सकहरुले आन्दोलनलाई जारी राख्दैं स्वास्थ्य सेवा भने सुचारु गरेका छन् । विरामी उपचार तथा ओपिडी सेवा नियमित भइरहेको प्रतिष्ठानका प्रशासकीय अधिकृत अशोक साहले जानकारी दिए । ‘डाक्टर सापहरुले आन्दोलनलाई पनि जारी राख्नु भएको छ । र अस्पतालको सेवा प्रवाहमा पनि नियमित गरिरहनु भएको छ ।’- अधिकृत साहले भने । आइतबार धरान १८ नं. वडाध्यक्ष नरेन्द्रकुमार राईको नेतृत्वमा दवाव र्यालीसमेत गरिए पछि अस्पतालको सेवा नियमित सुरु भएको बताइएको छ ।
समाधान खोज्दै धराने जनताहरु स्वस्फुर्त रुपमा शान्तीपूर्ण र्यालीमा मा सहभागी भएका छन । धरान १८ का वडा अध्यक्ष नरेन्द्र राई प्रबिणको नेतृत्वमा धरानका स्थानिय राजनीतिक दलका नेताहरु, समाजसेवी, बुद्दीजिवी, बिधार्थी,कलाकारहरु, खेलाडीहरु र्यालीमा सहभागी भए । वडाध्यक्ष राईले एक बिज्ञप्ती निकालेर चेतावनी समेत दिएका थिए ।प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले स्वास्थ्य सेवा नियमित रहेको बताए । इमेरजेन्सी सेवा, वाडहरुको सेवा तथा ओपिडी सेवा सुचारु रहेको उनले बताए । बढुवा नहुने केही चिकित्सकहरुले मात्र अवज्ञा गनुृ भएको र अन्य प्राध्यापक चिकित्सकहरुले नियमित काम गरिरहनु भएको उहाँले जानकारी दिए । प्रतिष्ठानका कायममुकाय उपकुलपति प्राडा प्रल्हाद कार्कीले प्रतिष्ठानका काम नियमित भइरहको बताए ।