Tuesday, December 2, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

याक्थुङ चलचित्रकर्मी संघको साधारण सभा सम्पन, सह- कोषाध्यक्षको पदपुर्ती

याक्थुङ चलचित्रकर्मी संघको केन्द्रिय कार्यसमितीको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० माघ १४ गते १७:०९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
याक्थुङ चलचित्रकर्मी संघको साधारण सभा सम्पन, सह- कोषाध्यक्षको पदपुर्ती
63
SHARES
Share on FacebookShare on Twitter

याक्थुङ चलचित्रकर्मी संघको केन्द्रिय कार्यसमितीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार धरान – ५ स्थित टिकटक रिसोर्टमा हाङ बुद्दीकर्ण खेवाङ लिम्बु राय वनभोज कार्यक्रम तथा साधारण सभा कार्यक्रमको आयोजना गरी संघको साधारण सभा पनि औपचारिक रुपमा सम्पन्न गरिएको हो । संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङवो को अध्यक्षता तथा कलाकार,निर्देशक प्रेम सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले एक रिक्त्त रहेको सह- कोषाध्यक्ष पदको पदपुर्ती गरेकोछ । उक्त्त पदमा लिम्बु नायिका पवित्र तेम्बे लिम्बु लाई सर्वसम्मत चयन गरिएको हो । सभामा कोषाध्यक्ष तेज मेन्याङवोले आर्थिक प्रतिबेदन पेश गरे भने सचिव उदय कुरुङ्बाङले संस्थाले गरेको वार्षिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

गत असारमा भएको संघको महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशन असारमा सम्पन्न भएपनी कोषाध्यक्षले भने श्रावण देखी आर्थिक बर्ष लाग्ने भएकोले श्रावण देखी यता को आय व्याय प्रस्तुत गरेका थिए । यसैगरी सचिव कुरुम्बाङले संस्थाले गरेका गतिविधीहरु प्रस्तुत गरे । संघले धरानमा याक्थुङ चलचित्रकर्मीहरुलाई अभिनन्दन,सम्मान र मानपदवी प्रदान गरेको थियो । जस अन्तर्गत लेखक निर्देशक नबिन सुब्बालाई अभिनन्दन ,लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई फक्ताङलुङ्ग र चलचित्र लेखक तथा निर्देशक सुरज सुब्बा नाल्वोलाई चोमोलुङ्मा अवार्डद्वारा सम्मानित गरिएको सचिव कुरुम्बाङले प्रस्तुत गरेको वार्षिक कार्यक्रममा उल्लेख थियो ।

ADVERTISEMENT

संस्थाकै आयोजनामा बलिहाङ तङ्नामको अवसरमा लारिङ्गे नाम्लिङ्गे थिम्बे – २०८० (देउसी- भैलो कार्यक्रम) सम्पन्न भएको थियो । यसैगरी संस्थाले संस्थाका सदस्यहरुको बिहे कार्जे , मरी मराउ मा गएर भेटघाट तथा सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ । वनभोज कार्यक्रममा पनि बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो । जसअन्तर्गत वनभोजमा आउने सहभागीहरु मध्येबाट उत्कृष्ट पोसाकलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा पुरुषतर्फ सोम सेरेङ र महिलाहरु तर्फबाट जमुना हुक्पा चोङ्वाङ, लीला तुम्बाहाम्फे र पुर्णीमाया लिम्बुले लगाएको पोसाक उत्कृष्ट रह्यो । उनिहरुलाई संस्थाले नगद र प्रमाण पत्रले पुरस्कृत गरेको थियो ।

कार्यक्रमका सभापती तथा अध्यक्ष नविन मेन्याङ्बोले संस्था बिसुद्द रुपमा लिम्बु कलाकारहरुको संस्था भएकोले संस्थालाई जोगाएर राख्न अबको आवश्यकता भनेकै एकता भएकोले यो एकता कायम राख्दै लिम्बुकलाकारहरुको सामिप्यता र एकता निरन्तर रहोस भन्ने हेतुले भेटघाट कार्यक्रमको आयोजना गरिएको बताए । हाल लिम्बु कलाकारहरुकै संगठन रहेको अर्को संस्था भएपनी उक्त्त संस्थाले बिसुद्द लिम्बु भाषामा बनेको चलचित्रहरुलाई मात्र प्राथमिकता दिने भएकाले सबै अटाउने संस्था याक्थुङ चलचित्रकर्मी संघ भएको दावी गरे । याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय संस्था भएकोले अब हामी जिल्ला गठन गर्न लागिपरेको र भर्खरै याक्थुङ चलचित्रकर्मी संघको धनकुटा शाखा गठन गरेको जानकारी दिए । एवम तरिकाले अब जिल्लाहरुमा गठन प्रकृया अगाडी बढ्ने मेन्याङ्बो ले बताए । कार्यक्रममा लिम्बु कलाकर्मी हरु, काठमाण्डौ, ताप्लेजुङ, झापाका सदस्यहरुको पनि उपस्थित थियो ।

Photo : Gopal Poudel

Tags: #yakthung chalachitrakarmi
Previous Post

खजुरे ब्रो मा डेव्यु पछी मख्ख साम्पाङ,धरानमा निर्माणहुने चलचित्रलाई सहयोग गर्ने मनसाय

Next Post

धरान १८ का वडा अध्यक्षको नेतृत्व बिपी बचाउ अभियान र्यालीमा निस्किए धराने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist