Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

इसाई चलचित्र ‘भुगोल’ को धरानमा प्रिमिएर शो, पास्टरहरुद्वारा तारिफ

इसाई हरुको चर्चहरुको कथा बस्तुलाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र 'भुगोल' को धरानमा प्रिमिएर शो गरिएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०८० माघ ७ गते १५:५७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
इसाई चलचित्र ‘भुगोल’ को धरानमा प्रिमिएर शो, पास्टरहरुद्वारा तारिफ
130
SHARES
Share on FacebookShare on Twitter

इसाई हरुको चर्चहरुको कथा बस्तुलाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘भुगोल’ को धरानमा प्रिमिएर शो गरिएकोछ । धरान १५ स्थित अनुग्रह चर्चमा भएको प्रिमिएर शो मा धरानका बिभिन्न चर्चका रेभरेन्ट, पास्टरहरु, जवान अगुवाहरुको उपस्थिती रहेको थियो । धरानमा पहिलो पटक प्रिमिएर गरिएको हुनाले सबै चर्चसम्म पुग्न सजिलो होस भनेर सुरुमा पास्टर अगुवाहरुलाई मात्र बिशेष शो गरिएको स्थानिय संयोजक कपिल सुनारले जानकारी दिए । धरानमा धेरै चर्चहरुछन सबैमा पुगेर फिल्मको बारे बताउन महिनौ लाग्छ, फिल्म चर्च सम्म पुग्नु भन्दा अगाडी कुनै बिबाद नहोस भन्ने उद्देश्यले प्रचार प्रसार स्वरुप पास्टर अगुवाहरुको लागी शो राखेर उहाहरु मार्फत सबै चर्चहरुमा खबर पुर्याएर पुन अन्य शो हरु गर्ने योजना रहेको सुनारले बताए ।

चलचित्र हेरिसके पछी राखिएको छोटो अन्तर्कृया कार्यक्रममा हेर्ने दर्शक पास्टरहरुले ‘भुगोल’ को मुक्त्तकण्ठले प्रशंसा गरे । दर्शक मध्येका स्थानिय चर्च अनुग्रह चर्चका पास्टर पर्शु गुरुङले हाल नेपालका मण्डलीहरुमा भुगोल को कथा जस्ताइ घटना भैरहेको ले यो कथा हरेक चर्चहरुको भएको बताए । उनले चलचित्रको पात्रहरुको जीवन्त अभिनय रहेको ले आफु प्रभावित भएको बताए । म्युजिक धुन ले मन छुएन , चलचित्रका कलाकार विनयको सहनशिलता,धैर्यताबाट अहिलेका इसाई जवानहरुले धेरै कुरा सिक्न सक्ने गुरुङको भनाइ छ । जवानलाई मात्र हैन चर्चका अगुवा पास्टरहरुको लागी पनि निकै शिक्षा दिएकोले सबै इसाहरुले एकपटक हेर्नै पर्ने चलचित्र बनेको उनको दावी छ। यतिका राम्रो हुँदाहुँदै पनि फिल्म को कथाबस्तु अनुसार कहीकतै म्युजिकको धुन र अन्तिममा बेहुलीको पहिरनले अलिक खल्लो लागेको गुणासो गुरुङको थियो ।

अर्का दर्शक इमानुएल चर्चका -रेभ शामुएल राईले कलाकारहरुको अभिनय जिवन्त रहेकोले अन्य चलचित्र भन्दा भुगोल हेर्दा छुट्टै आनन्द लागेको बताए । उनले भुगोलबाट मानिसको जीवनमा आइपर्ने दुखान्त् या सुखान्त पनि परमेश्वरको इच्छाबाट भन्ने प्रस्ट छ, जवानहरुलाई बिहेको बारेमा धैर्यता र परमेश्वरको डर, मा रहने कुरा सिकाएकोले आफुलाई निकै मन परेको राईले सुनाए । पास्टर सुर्य तमाङले फिल्म हेरेपछी अरुलाइ दोष नलगाइ सम्पुर्ण आँफैमा आत्मबल र प्रभुमा प्रार्थाना सहित राख्यौ भने सम्पूर्ण कुरा सम्भव रहेको बताए । मानिसमा आक्रोस आउछ, तर संयमता हुन सिक्नु पर्ने कुरा फिल्मले गज्जबले प्रस्तुत गरेकोले सबै इसाई जवानहरुले हेर्नलाई आग्रह गरे ।

ADVERTISEMENT

रे अफ होप प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘भुगोल’ रोही फिलडेल्फि पाले निर्माण गरेको हो । फिल्मको सह निर्माता ओम गुरुङ
प्रताप गुरुङ र रत्न गुरुङ छन । श्याम राई र जमन बिष्टले लेखेको फिल्मको निर्देशक, स्क्रिन प्ले र सम्पादक पनि जमन बिष्ट हुन । काठमाण्डौ आसापासमा छायांकन गरिएको भुगोलका प्रमुख क्यामेरामेन अनिस स्याङ्देन हुन । ‘भुगोल’ मा अनुप न्यौपाने, एलिना गुरुङ, समृद्यि परियर्, डेक हिङ्माङ लक्ष्मण शर्मा, रेबिका राई , बेन कडेल्, सुनिता पराजुली, क्वानी मोक्तान लगायतको मुख्य भूमिका रहेको छ । धेरै समय अगाडी निर्माण सम्पन्न भएपनी प्रदर्शन नभएको ‘भुगोल’ को काठमण्डौको बिभिन्न चर्चहरुमा शो सम्पन्न भैसकेको छ । काठमाण्डौका दर्शकहरुले धेरै मन परापछी मोफसलका चर्चहरुमा पनि अब प्रदर्शन गर्ने तयारी रहेको स्थानिय संयोजक कपिल सुनारले जानकारी दिए । फिल्ममा केही कलकाहरुहरु र प्राबिधिकहरु प्रोफेशनल भएकाले पनि राम्रो क्वालिटीमा बनेको सुनारको दावी छ । अब केही दिनपछी नै धरानका सम्पूर्ण इसाईहरुले हेर्न पाउने गरी तयारीमा लागिरहेको सुनारले बताएका छन ।

Previous Post

“सुमेधा वक्तृत्वकला प्रतियोगीता”को पहिलो चरणबाट उत्कृष्ट २० छनोट

Next Post

चलचित्र ‘जिग्री’ को पोस्टर सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist